१३ भदौ २०८३, शनिबार | August 29, 2026

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले जेनजी विद्रोहलाई कसैले जिस्काउने वा प्रयोग गर्ने प्रयास नगर्न चेतावनी दिएका छन्।

भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको रगत अझै नसुकेको भन्दै उनले विद्रोहलाई अपमानित गर्ने काम स्वीकार्य नहुने बताए ।

थुनामुक्त भएपछि शनिबार चितवनमा आयोजित कार्यक्रममा पहिलोपटक सार्वजनिक सम्बोधन गर्दै लामिछानेले उक्त आन्दोलन जनताबाट स्वतःस्फूर्त रूपमा भएको विद्रोह भएको बताए। भदौ २३ गते ताकीताकी गोली चलाइएपछि भोलिपल्ट आक्रोशित जनताले घरघरबाट विद्रोह गरेको उनको टिप्पणी थियो।

“यो जनताले गरेको विद्रोह हो,” उनले भने, “त्यसलाई कतै कुनामा बसेर जिस्काउने, चलाउने वा दुरुपयोग गर्ने आँट कसैले नगरोस्।”

लामिछानेले प्रतिनिधिसभा ब्युँताउने प्रयासप्रति पनि आपत्ति जनाए। उनले जनताको विद्रोहलाई चुनौती दिने नाममा संसद् पुनः सक्रिय बनाउने प्रयास भइरहेको संकेत गर्दै त्यसप्रति सचेत रहन चेतावनी दिए।

“जनताको विद्रोहलाई चुनौती दिने भन्दै संसद् ब्युँताउने हो कि भनेर आँखा चम्काउनेहरू होसियार हुनुहोस्,” उनले भने, “सहिदको रगत अझै सुकेको छैन, सहिदकी आमाको आँसु अझै ओभानो भएको छैन।”

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  ३ : ४४ बजे

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा पाँच अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

आइएमई ग्रुपले गर्यो बाढी प्रभावितको सहयोग राहत कोषमा १० करोड सहयोग

काठमाडौ । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण