५ पुस २०८२, शनिबार | December 20, 2025

सीपीसीको महासचिवमा सी चिनफिङ निर्वाचित, सीसहित सात सदस्यीय स्थायी कमिटी गठन



बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को महासचिवमा सी चिनफिङ निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न २० औं पार्टीमहाधिवेशनपछि आइतबार बसेको केन्द्रीय कमिटीको पहिलो पूर्ण बैठकले सी चिनफिङलाई २० औं केन्द्रीय समितिको महासचिवमा निर्वाचित गरेको हो ।

सन् २०१२ मा पहिलोपटक महासचिवमा निर्वाचित भएका सी २०१७ मा पुनः दोस्रो पटक महासचिवमा निर्वाचित भएका थिए । सीपीसीको विधानलाई परिवर्तन गरिएपछि सी पुनः तेस्रोपटक पनि महासचिवमा निर्वाचित भएका छन् ।

सी कै अध्यक्षतामा सम्पन्न बैठकमा सीपीसीको २०औँ केन्द्रीय समितिका २०३ सदस्य र १६८ वैकल्पिक सदस्यहरू सहभागी थिए।

बैठकले सीलाई सीपीसी केन्द्रीय सैन्य आयोगको अध्यक्षमा पनि नियुक्त गरेको छ ।

बैठकले सीपीसी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको सात सदस्यीय स्थायी समिति पनि चयन गरेको छ । जसमा सी चिनफिङ, ली चियाङ, चाओ लेची, वाङ हुनिङ, काइ ची, तिङ सुइसियाङ र ली सी छन्।

बैठकले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्यहरू पनि निर्वाचित गरेको छ । जसले सीपीसी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको स्थायी समितिले मनोनित सीपीसी केन्द्रीय समिति सचिवालयका सदस्यहरूलाई अनुमोदन गरेको थियो।

बैठकले केन्द्रीय सैन्य आयोगका सदस्यहरुको नाम तोकेको छ ।

बैठकले २० औं सीसीडीआईको पहिलो पूर्ण बैठकमा निर्वाचित केन्द्रीय अनुशासन आयोग (सीसीडीआई) को स्थायी समितिका सचिव, उपसचिव र सदस्यहरूलाई अनुमोदन गरेको छ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  २ : २४ बजे

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा