८ पुस २०८२, मंगलबार | December 23, 2025

नेमकिपाको घोषणापत्र सार्वजनिक : नेमकिपालाई विजयी गराए परिवर्तनको बाटो खोल्ने दाबी



काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी पार्टी अध्यक्ष नारायणमान विजुक्छेंलगायतका केन्द्रिय सदस्यहरुले संलग्न टोलीले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

घोषणापत्रमा पार्टीको चुनाव चिन्ह मादलमा छाप लगाई आफना उम्मेदवारलाई विजयी गराएमा नेपाल र नेपाली जनताको हितमा छिट्टै नै ठूलो परिवर्तन ल्याउन बाटो खुल्ने दावी गरिएको छ ।

घोषणापत्रमा अपराधीहरुलाई मृत्युदण्डसम्मको सजायको बन्दोवस्त हुनुपर्नेमा जोड दिइएको छ । कृष्णप्रसाद भटराई नेतृत्वको नेपाली कांग्रेसको सरकारको पालामा ज्यान सजाय खारेज गरिएकै कारण अपराध बढेको र शासक दलहरु राजनीतिमा अपराधीकरण गर्न लागेको जनाएको छ ।

नागरिकता विधेयर र एमसीसीलाई मुख्य प्राथमिकतामा राखेको छ । पार्टीबाट निर्वाचित प्रतिनिधिहरुले संसद र सडकमा नागरिकता विधेयकको विरोधमा निरन्तर आवाज उठाउने जनाएको छ । साथै एमसीसीका विरुद्धमा पनि निर्वाचित आफना सांसदहरुले आवाज बुलन्द गर्ने उल्लेख छ ।

घोषणापत्रमा जनताबाट निर्वाचित नेमकिपाका प्रतिनिधिहरूले देश र जनताको व्यापक हितमा नीति, कार्यक्रम र विधेयक निर्माण गर्ने एवम् कामदार जनताको पक्षमा पारित गराउन संघर्ष गर्ने उल्लेख छ । साथै देशघाती सन्धि-सम्झौतालाई रोक्न आवाज उठाउने जनाइएको छ ।

प्रदेशसभामा निर्वाचित नेमकिपाका प्रतिनिधिहरूले आ-आफ्नो प्रदेशमा बाटो-घाटो, शिक्षा, स्वास्थ्य सेवा एवम् देशमै युवाहरूलाई रोजगारी दिन उद्योग-धन्धा, शिशुशाला, बाल-उद्यान, जेष्ठ नागरिकहरूको सेवा गर्न आदर निकेतन आदिको बन्दोवस्त गर्न ऐन कानुन बनाउन सबै जनतासँग छलफल गर्ने जनाइएको छ ।

बाटो–घाटोको निर्माण र अन्य सबै सार्वजनिक भवन तथा निर्माण कार्यहरू उपभोक्ता समितिमार्फत गराउने कानुन निर्माण गराउन सदन र सडकमा सङ्घर्ष गर्ने घोषणापत्रमा उल्लेख छ । राजमार्ग र अन्य राष्ट्रियस्तरको निर्माण कार्यमा हिजो कालोसूचीमा परेका र वर्षौँसम्म ठेक्कालाई अलपत्र पारी ठूल्ठूला पुल र सडकलाई बर्बाद पारी देश र जनतालाई दुःख दिने ठेकेदारहरूलाई पुनः ठेक्का नदिलाउने ऐन-कानुन बनाउन संसद् र सडकमा जनतासँग मिलेर देशव्यापी सङ्घर्ष गर्ने जनाएको छ ।

पत्रकारहरुले राखेको जिज्ञासामा पार्टी अध्यक्ष विजुक्छेंले देशको सन्तुलित विकासका लागि काठमाडौ उपत्यका बाहिरबाट निर्वाचित सांसदहरुलाई काठमाडौमा घर बनाउन दिन नहुने बताए । यसो हुन सके उनीहरुको बसाई गाउँंठाउँंमै हुने र त्यसको विकासले गति लिने उनको भनाई थियो । अहिले सवै सेवासुविधा काठमाडौ केन्द्रित हुँदा देशको सन्तुलित विकास हुन नसकेको बताए ।

कार्यक्रममा पार्टी सचिव प्रेम सुवालले पार्टीले ५८ जिल्लामा उम्मेदबारी दिएको जनाए । प्रतिनिधिसभातर्फ एक सय नौ जना प्रत्यक्ष र ८९ जना समानुपातिक उम्मेदबार रहेको उनले जनाए । साथै प्रदेशसभातर्फ एक सय २२ जना प्रत्यक्षतर्फ र एक सय ३२ जना समानुपातिकतर्फ उम्मेदबार रहेको जनाए । उनले आफनो पार्टीले चौथौ वढी उम्मेदबार उठाएको जनाए ।

घोषणासभामा पार्टीका सचिव प्रेम सुवाल, केन्द्रिय सदस्यहरु नवराज कोइराला, बजिरसिंह विक, नारायण महर्जन, अनुराधा थापामगर, कृष्णकुमार बैद्यलगायतका मञ्चमा रहेका थिए । कार्यक्रमको सञ्चालन पार्टीका बैकल्पिक केद्रिय सदस्य सुरेन्द्रराज गोसाईले गरेका थिए ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ९ : ०७ बजे

सुनको मूल्यले तोड्यो नयाँ कीर्तिमान, एकैदिन प्रतितोला ५५ सयले वृद्धि

काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्य मंगलबार फेरि नयाँ

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

दाङ । घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक

पाँच महिनामा वीरगन्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगन्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ ।

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

चन्द्रपुर । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर