२२ मंसिर २०८२, सोमबार | December 8, 2025

राष्ट्र बैंकको नयाँ निर्देशिका बारेमा छलफल



चितवन । नेपाली युवा उद्यमी मञ्च चितवनको आयोजनामा ‘ऋणको चालू पुँजीमा राष्ट्र बैंकको नयाँ निर्देशिका र यसको प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका निर्देशक देवेन्द्र गौतमले चालू पुँजीको प्रयोजन फरक क्षेत्रमा बढी भएपछि कडाइ गरेको बताए ।

प्रयोजनभन्दा फरक क्षेत्रमा लगानी हुँदा समस्या भएको भन्दै उनले सहज ऋणले फाइदा र बेफाइदा दुवै भएको बताए । आन्तरिक उत्पादन बढाउन सुझाव दिँदै स्वदेशी कच्चापदार्थ र रोजगारीमा जोड दिनुपर्ने उनले बताए ।

कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले राष्ट्र बैंकको चालू पुँजीमा पछिल्लो पटक ल्याइएको निर्देशिकाका कारण भएका समस्याका बारेमा प्रकाश पारेका थिए ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  २ : ४६ बजे

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा

पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइड्रेन्ट’ जडान भएपछि…

जुम्ला । चन्दननाथ नगरपालिका-५ स्थित खलङ्गा बजारको एक ‘मोबाइल’ पसलमा

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौं । सार्वजनिक संस्थानमा गरिएको करिब रू ४७ अर्ब सरकारी

नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

नेपालगञ्ज । निजी क्षेत्रले नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको

जेनजी पुस्ताको कथामा ‘झरीपछिको इन्द्रेणी’

काठमाडौं । हाँस्य कलाकारका रुपमा स्थापित अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन