१९ माघ २०८२, सोमबार | February 2, 2026

दार्चुला घटना : आफ्नो लापरबाहीले बालकको मृत्यु भएको भारतीय निर्माण कम्पनीको स्वीकारोक्ति



धनगढी । आफ्नो लापरबाहीका कारण दार्चुलामा बालकको मृत्यु भएको निर्माण कम्पनी गर्ग एण्ड गर्गले स्वीकार गरेको छ । शनिबार दुईपक्षीय छलफलका क्रममा आफूहरूको लापरबाहीका कारण ९ वर्षीय बालक पवन महराको मृत्यु भएको निर्माण कम्पनीले स्वीकार गरेको हो।

उक्त घटनामा भारतीय सडक निर्माण कम्पनीले आफ्नो गल्ती भएको स्वीकार गरेको व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले बताए ।

अध्यक्ष धामीका अनुसार भारतीय कम्पनीले मृतक पवनको परिवारका अन्य बालबालिकालाई कक्षा १२ सम्म पढाउने र परिवारको एक जनालाई कम्पनीमा रोजगारी दिने प्रारम्भिक सहमति भएको छ । तर, निजी कम्पनी भएकाले आफूहरूलाई रोजगारीभन्दा पनि उचित क्षतिपूर्ति दिनुपर्ने परिवारको माग छ ।

शुक्रबार जिल्लाको व्यास गाउँपालिका वडा नम्बर २ मा भारतीय पक्षले महाकाली नदीपारी सडक निर्माण गर्दैगर्दा ती नेपाली बालकमाथि ढुङ्गाले लागेको थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार  ८ : १३ बजे

राष्ट्रपति पौडेल जापानको टोकियोमा

काठमाडौं । चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज

प्रेस काउन्सिलको मिडिया जागरण राष्ट्रिय अभियान धादिङबाट सुरुवात

धादिङ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा प्रेस काउन्सिल

साफ महिला च्याम्पियनसिप : नेपाल भुटानसँग भिड्दै

कास्की । पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको

राष्ट्रपति पौडेल जापान प्रस्थान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल मित्रराष्ट्र जापानको औपचारिक भ्रमणका लागि

निर्वाचन आउन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा