९ कार्तिक २०८३, सोमबार | October 26, 2026

ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते



दाङ । दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् ।

घोराही–लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१५ स्थित भिङ्ग्रेली भिलेज होटेल नजिकै आज लमहीबाट घोराहीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००२ ख २५८० नम्बरको ट्रकले लमहीतर्फ जाँदै गरेको रा५प ३६३९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा लमही–६ का २२ अङ्कित चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रेशम बोहोराले जानकारी दिए । उनका अनुसार दुर्घटनामा मृतक अङ्कित चौधरीका बुबा स्कुटर चालक लमही–६ का ५३ वर्षीय इन्द्रबहादुर चौधरी घाइते भएका छन् । घाइते चौधरीको दाहिने खुट्टा र बायाँ हातको औँलामा चोट लागेको छ ।

प्रहरीले ठक्कर दिने ट्रक चालक बैतडीको डिलासैनी गाउँपालिका–५ का ४२ वर्षीय राजु साउदलाई घोराही उपमहानगरपालिका–३ गोग्लीबाट नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  १० : ३२ बजे

आजदेखि सुरु हुने तेस्रो संस्करणको एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण आजदेखि

इलाममा बोलेरो जीप दुर्घटना, चालकको मृत्यु

इलाम । आज बिहान इलाममा सवारी साधन बोलेरो दुर्घटना हुँदा

रामारोशनको किनिमिनी मैदानमा क्रिकेट प्रतियोगिता हुँदै

अछाम । सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित अछामको

कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

काठमाडौं । धन धान्यकी देवी महालक्ष्मीको आइतबार सायंकालमा पूजा आराधना

‘नेपाली क्रिकेट अमर रहोस्’ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को