२९ मंसिर २०८२, सोमबार | December 15, 2025

आज छठ पर्वको अन्तिम दिन, उदाउँदो सूर्यलाई अर्घ्य दिइँदै



काठमाडौं । आज छठ पर्वको अन्तिम दिन रहेको छ । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ सकिनेछ । चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन अर्थात् आज उदाउँदो सूर्यलाई अर्घ्य दिइन लागिएको हो ।

उदाउँदो सूर्यलाई अर्घ्य दिएर ब्रतालुले ब्रत तोड्नेछन् । सूर्यको पूजा र उपासनाको यो पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको थियो ।

महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातबासमा रहँदा सो गुप्तबास सफल होस् भनी सूर्यदेवको पूजा उपासना गरिएको थियो सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

आइतबार दिनभर निराहार व्रत बसेका व्रतालुले आज बिहान उदाउँदो सूर्यलाई पूजा गरी अर्घ दिएसँगै छठको समापन गर्नेछन् । यस पर्वमा बाँसको ढाकी, माटोका सामग्रीहरु, केरा, मौसमी फलफुल, भुसुवा, ठेकुवा, उखु, अदुवा लगायतका विविध मिठाई तथा फलफूल लगायतका प्रसाद चढाइन्छ ।

छठ पर्वका लागि जनकपुरका पोखरी, वीरगञ्जको घडीअर्वा पोखरी, विभिन्न नदी तलाउ तथा राजधानीको गुह्येश्वरी, गहनापोखरी, कमलपोखरीलगायत बाग्मती, शंखमुल, बल्खु, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको थियो ।

 

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ७ : १४ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार