काठमाडौं । नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पहाडी भू-भागमा आंशिक बदली छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो पहाडी भू-भागमा आंशिक बदली रहने अनुमान गरिएको छ । प्रदेश १ र गण्डकीका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भू-भागमा आंशिक बदली रहने ठानिएको छ ।
मंगलबार पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । मंगलबार राति प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।


















प्रतिक्रिया