१ पुस २०८२, मंगलबार | December 17, 2025

राजनीतिक स्वार्थपूर्तिका लागि जनतामा भ्रम नछर्न एमाले उपाध्यक्ष पौडेलको आग्रह



बुटवल । एमाले उपाध्यक्ष विष्णु पौडेलले विकास योजनाका काममा जनतालाई भ्रम सिर्जना गरी आतंकित नपार्न आग्रह गरेका छन् । राजनीतिक स्वार्थपूर्तिका लागि जनतालाई हरेक कुरामा आतंकित बनाउनु गलत भएको उनको भनाइ छ ।

बुटवल-११ बुद्धनगरमा सोमबार पार्टी कार्यकर्ताहरूसँगको भेटघाटमा तिनाउ-दानव करिडोरबारे छलफल गर्दै उनले यहाँका जनतालाई अतंकित नहुन आग्रह गरेका हुन् । करिडोर निर्माणका कारण यहाँका स्थानीयको घरबास उजाडिने कुरा गलत भएको उनले बताए । महत्वकांक्षी र ठूला विकासका आयेजनामा गलत ढंगले भ्रम फैलाएर आतंकित पार्ने गरिएकोप्रति उनले चिन्ता व्यक्त गरे ।

एमाले उपाध्यक्ष पौडेलले तिनाउ नदी कटान रोकथाम तथा सुरक्षित बसोबासका लागि करिडोर निर्माणको काम अघि बढाइएको स्पष्ट पार्दै कोही जनतालाई पनि घरबारविहीन नबनाइने उल्लेख गरे । यहाँको बस्तीलाई व्यवस्थित गरी करिडोर क्षेत्रमा पर्ने घर–परिवारलाई व्यवस्थित ठाउँमा उनीहरूकै चाहनाअनुसार व्यवस्थापन गरेर मात्रै करिडोर निर्माण हुनेमा ढुक्क हुन उनले आग्रह गरे ।

‘यहाँको बस्ती सुरक्षाका लागि नै करिडोर निर्माण गर्न लागिएको हो । विकासका नाममा जनतालाई आतंकित पार्ने र विस्थापित गर्ने भन्ने हुँदैन’, पौडेलले भने, ‘भ्रममा नपर्नुहोस् यदि यहाँबाट बस्ती हटाउनुपर्ने भएमा यो भन्दा थप व्यवस्थित ठाउँमा तपाईहरूलाई व्यवस्थापन नगरी काम अघि बढ्दैन ।’

रुपन्देही २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले आफ्नो ध्यान खुद्रे योजनाभन्दा बढी समग्र क्षेत्रको एकसाथ विकास गर्नेगरी बृहत् रहेको उल्लेख गरे । रुपन्देहीलाई विकासको रोलमोडल बनाउन कुनै पनि हालतमा बजेटको कमी हुन नदिने प्रतिबद्धता जनाउँदै उनले यसका लागि आगामी निर्वाचनमा एमालेले जित्नै पर्ने दाबी पनि गरे ।

एमाले पोलिटव्यूरो सदस्य तथा रुपन्देही क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभा सदस्यका उम्मेदवार लिला गिरीले बुटवलको योजनावद्ध विकासका लागि विगतमा आफू सरकामा हुँदा सुरु गरेका योजनालाई पूर्णता दिन बाँकी नै रहेको उल्लेख गरे । विगतमा आफूले सुरु गरेका योजनालाई वर्तमान सरकारले बेवास्ता गरेकोप्रति चिन्ता व्यक्त गर्दै ती योजना पूरा भएमा यहाँको जनजीवनमा उल्लेख्य परिवर्तन आउने उनले दाबी गरे ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  १२ : १४ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष