२२ मंसिर २०८२, सोमबार | December 8, 2025

कथाकार रेग्मी र पत्रकार न्यौपानेलाई दधिराज पुरस्कार



काठमाडौं । साहित्यकार सनत रेग्मी र पत्रकार अनन्तराज न्यौपानेलाई यस वर्षको दधिराज पुरस्कार प्रदान गरिने भएको छ ।

नेपाली भाषा साहित्यको क्षेत्रमा ६ दशकभन्दा बढी योगदान गरेको भन्दै बाँकेका वरिष्ठ कथाकार सनत रेग्मीलाई ५१ हजार राशिको ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार’ प्रदान गरिने भएको हो ।

यस्तै, पत्रकारिता क्षेत्रमा तीन दशकभन्दा बढी विशेष योगदान दिएका मोरङका वरिष्ठ पत्रकार अनन्तराज न्यौपानेलाई २५ हजार राशिको ‘दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानका महासचिव दिङ्लाली कान्छोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले निर्णय गरेको हो । यस वर्षको पुरस्कार आगामी मंसिरमा एक समारोहको आयोजना गरी वितरण गरिने महासचिव दिङ्लाली कान्छोले जानकारी दिए ।

दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान विराटनगरले प्रत्येक वर्ष साहित्य र पत्रकारिता क्षेत्रका दुई व्यक्तिलाई पुरस्कार प्रदान गर्दै आएको छ । यसअघि उक्त पुरस्कार साहित्यकारहरू प्रा.डा. गोविन्दराज भट्टराई, प्रा.डा.अभि सुवेदी, प्रा.डा. माधवप्रसाद पोखरेल, डा. विष्णुविभु घिमिरे, एसपी कोइराला र प्राध्यापक चूडामणि बन्धु र पत्रकारहरू हरिबहादुर थापा, शिवबहादुर कार्की, हरिहर विरही, मोहन भण्डारी, किशोर नेपाल र भूषण दाहाललाई प्रदान गरिएको थियो ।

समालोचक प्राज्ञ दधिराज सुवेदीका छोराद्वय शरदराज सुवेदी र रुपकराज सुवेदीले राखेको १५ लाख रुपैयाँको अक्षय कोषको व्याजबाट २०७३ सालदेखि यो पुरस्कार नियमित प्रदान गरिंदै आएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  १ : २४ बजे

तन्त्रमन्त्र गरि दुःख दिएको भन्दै चालकको हत्या, आरोपित ७ जना पक्राउ

धरान । सिटी सफारीका चालक हत्या प्रकरणमा प्रहरीले सात जनालाई

लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय छाडा चौपाया, चार हजार बढी चौपाया सडकमै

लुम्बिनी । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२

गोवा नाइट क्लब आगलागीमा मृत्यु हुने २५ जनामा चार नेपाली

काठमाडौं । भारतको गोवामा शनिबार मध्यरात नाइट क्लबमा लागेको भीषण

बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण

बागलुङ । बागलुङमा १९ बालबालिका एचआइभी सङ्क्रमित भएको पाइएको छ

काठमाडौंको सिनामंगलमा असई बाबुले गरे चार महिने छोराको हत्या

काठमाडौं । काठमाडौंको सिनामंगलमा पारिवारिक विवादकाबीच एक असईले आफ्नै चार