१५ माघ २०८२, बिहिबार | January 29, 2026

मुक्तिनाथ मन्दिरमा दान दिन चाहनेका लागि राखियो डिजिटल दानपत्र



काठमाडौं । मुक्तिनाथ मन्दिरमा डिजिटल दानपत्र राखिएको छ। अहिलेसम्म मन्दिर परिसरमा चन्दाका लागि चन्दा बाकस राखिँदै आएको छ । मन्दिर पुगेका इच्छुक भक्तालुहरूले डिजिटल प्रविधिमार्फत दान दिने गर्छन् । आफूलाई इच्छाएअनुसार डिजिटल प्रविधिबाट त्यहाँं दान दिन सक्ने व्यवस्था गरिएको छ ।

काठमाडौंबाट दर्शनका लागि मन्दिर पुगेका इन्जिनियर कृष्णभक्त दुवालले डिजिटल दानपत्रमार्फत पहिलो पटक दान गर्न पाउँंदा रमाइलो अनुभव भएको सुनाए । ‘फष्ट टाइम डिजिटल दानपत्रबाट दान गर्न पाउँंदा अनौठो र खुशी महसुस भयो,’ उनले भने । आधुनिकतासँंगै आधुनिक प्रविधिको प्रयोग हुन थालेकोमा उनले हर्ष प्रकट गरे ।

नीलगिरि हिमाल, मुक्तिनाथ हिमाल र दामोदर हिमालको काखमा अवस्थित मुक्तिनाथ मन्दिर प्राकृतिक हिसाबले एकदमै सुन्दर र मनमोहक छ । समुद्री सतहबाट ३७१० मिटरको उचाइमा रहेको यो मन्दिर धार्मिक एवं ऐतिहसिक हिसाबले पनि उति नै विशेष ठाउँ हो ।

हिन्दूहरूका लागि भगवान विष्णुका १०८ दिव्योपदेशहरुमध्ये एक मुक्तिनारायण मन्दिर तथा बौद्ध धर्मावलम्बीहरूका लागि २४ तान्त्रिक ठाउँहरूमध्येको एक झ्युमिग–ग्यात्शा दुवै एकै ठाउँमा भएको हिन्दू तथा बौद्ध समुदायमा प्रख्यात तीर्थस्थल हो मुक्तिनाथ । हिमालपारिको जिल्ला मुस्ताङको प्राकृतिक सुन्दरता र मुक्तिनाथको धार्मिक महत्वले गर्दा त्यहाँसम्मको यात्राले मन लोभ्याउने गर्दछ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  २ : ५३ बजे

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण

कांग्रेसको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँ सन्दर्भको प्रतिनिधि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीले अघि सारेको

हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व । हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै

सुनचाँदीको कीर्तिमानी मूल्यवृद्धि जारी, एक तोलाको तीन लाख ३९ हजार तीन सय

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम

दरबारमार्गको उडल्याण्ड होटलमा लागेको आगलागी नियन्त्रणमा

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ ।