१ पुस २०८२, मंगलबार | December 17, 2025

विष्णु पौडेलले अगाडि सारे नमूना सडक बिस्तारको योजना



बुटवल । पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले चिल्लो र फराकिलो सडक निर्माणपछि गुल्जार बन्दै गएको कालिकापथकै मोडलमा बुटवलको मिलनचोकदेखि देविनगर हुँदै हात्तिसुढ तथा रङ्गशालासम्मको सडक बिस्तार गर्ने योजना अघि सारेका छन् । कालिकापथमा सडक निर्माणपछि चहलपहल बढ्नुका साथै व्यवस्थित बन्ने क्रममा रहेको बताउँदै पौडेलले त्यसैगरी बुटवलका अन्य सडकहरुको पनि निर्माण गरिने उल्लेख गरेका हुन् ।

निर्माणाधीन कालिकापथले पूर्णता पाउँदा बुटवलकै मुहार फेरिने गरी शहरीकरणको रुप देखिने दाबी गर्दै उनले उक्त पथमा रहेको विद्युत लाइनका टावरहरुलाई समेत व्यवस्थित गरिने उल्लेख गरे । सडक क्षेत्रमा पर्ने मठमन्दीरहरुलाई समेत व्यवस्थित गरी सुन्दर बुटवलको परिकल्पना गरिएको उनले बताए । नेकपा एमालेले सोमबार बुटवलमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा बोल्दै पौडेलले बिकास निर्माणमा राजनीति नगर्न आग्रह समेत गरे । निर्माणाधीन तिनाउ करिडोर सम्पन्न भएपछि बुटवलको मुहार फेरिने दाबी गर्दै उनले यो योजनाबाट यहाँको कोही पनि जनता विस्थापित नहुने बताए ।

यसैगरी तिनाउ नदीका विभिन्न ठाउँमा निर्माण गरिएका पुलले बुटवल वारी र पारी भन्ने नरहेको पौडेलले बताए । “जनताको माग अनुसार नै निर्माण भएका डबल लेनका मोटरेवल पुलले जोडेपछि अब वारी र पारी भन्ने छैन”–पौडेलले भने–“बुटवल अव एक भैसक्यो ।” तिनाउ–दानव करिडोर बनेपछि नदी किनारको हरियाली र सडकले बुटवल थप सुन्दर हुने उनले दाबी गरे ।

कार्यक्रममा बोल्दै एमाले पोलिटव्युरो सदस्य तथा रुपन्देही क्षेत्र नम्बर २ ‘१’ का उम्मेदवार लिला गिरीले मुलुकको समृद्धि र बिकासका लागि एमालेको जित आवश्यक रहेको बताए । यस क्षेत्रमा निर्माण हुँदै गरेका कालिकापथ, ऐतिहासिक तथा पर्यटकिय क्षेत्र जितगढीको संरक्षण, लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नती लगायतका योजना पूरा गर्नका लागि पनि एमालेको नेतृत्वका आवश्यक रहेको बताए ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ६ : २१ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष