काठमाडौं । मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा हुनसक्ने आकलन गरिएको छ ।
राति प्रदेश १, गण्डकी र सुदूरपश्चिमका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बुधबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राति प्रदेश १, बागमती, गण्डकी र कर्णालीका पहाडी भू-भागमा आंशिक बदली बदलीको सम्भावना रहेको छ ।


















प्रतिक्रिया