२१ माघ २०८२, बुधबार | February 4, 2026

बाँकेमा सत्तारुढ गठबन्धनविरुद्ध चुनावी कमाण्ड सम्हाल्दै पूर्वपञ्चहरु



नेपालगन्ज । बाँकेमा २०४६ देखि लोकतन्त्र र गणतन्त्रकालागि सँगसँगै संघर्ष र संयुक्त आन्दोलन गर्दै आएका गठबन्धनका उम्मेदवारहरुका विरुद्ध पूर्वपञ्च प्रेम भण्डारी र फत्तेसिंह थारु मैदानमा उत्रिएका छन् । नेपाली लोकतान्त्रिक आन्दोलनको प्रमुख सहयात्री एमालेको अगुवाई गर्दै पूर्वपञ्च द्वय भण्डारी र थारु एमालेकै पूर्व सहयात्रीहरु हराउन अगुवाई गरेका हुन् ।

पञ्चायती व्यवस्थाका पूर्वमन्त्री भण्डारीले बाँके क्षेत्र नं. १ मा जनयुद्धका कमाण्डर महेश्वर गहतराजलाई हराउन एमालेको अगुवाई गरिरहेका छन् भने क्षेत्र नम्बर ३ मा लोकतान्त्रिक आन्दोलनका नेता किशोरसिंह राठौरका विरुद्ध पञ्चायतका पूर्वमन्त्री थारुले एमालेको अगुवाई गरिरहेका छन् ।

अघिल्ला निर्वाचनहरुमा कांग्रेस नजिक हुँदा पूर्वपञ्च र कांग्रेस गठबन्धनलाई अपवित्र भन्ने गरेका एमाले बाँकेका नेताहरुले यसपटक भने सहजै पूर्वपञ्चलाई नेता मानेर उनका पछाडी लागेर चुनावी प्रचारमा जुटेका छन् ।

क्षेत्र नं. १ का पूर्व सांसद समेत रहनुभएका भण्डारी राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा निरन्तर एमाले उममेदवार सुर्य ढकालको चुनावी अभियानको अगुवाई गरिरहेका छन् । सोमवार नरैनापुरको पनि विकट क्षेत्रका रुपमा रहेको सीमावर्ती क्षेत्र वडा नं. २ रोशनपुर्वा र घोडदौरिया लगायतका स्थानमा भण्डारीको नेतृत्वमा प्रतिनिधि सभा सदस्य उम्मेदवार सूर्य ढकाल र प्रदेशसभा सदस्य उम्मेदवार नरेन्द्र पौडेल सहित चुनावी प्रचार गरिएको छ ।

उता राप्रपाका बरिष्ठ नेता रहेका पूर्वपञ्च थारु पञ्चायत विरुद्ध आगो ओकल्ने युवा नेताकारुपमा परिचित रत्न खत्रीलाई दोर्याएर बैजनाथको गाँउबस्तीमा हिँडेका छन् । बाँके क्षेत्र नं. ३ क मा केही दिनयता पूर्वमन्त्री एवम् राप्रपा नेता थारुको प्रमुख आतिथ्यमा नेकपा एमाले–राप्रपाको औपचारिक र अनौपचारिक चुनावी कार्यक्रम भईरहेका छन् ।

नेकपा एमालेका केन्द्रीय सदस्य बाँके इन्चार्ज एवम् बाँके क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य उम्मेदवार सूर्य ढकालले राप्रपासँगको चुनावी तालमेलसँगै अहिले नयाँ इतिहास रच्ने अवसर प्राप्त भएको बताउँछन् । राजा सहितको प्रजातन्त्र र हिन्दु राज्यको मुख्य एजेण्डा बोकेको राप्रपासँगको लगनगाँठोलाई ढहालले गौरव र अवसरकारुपमा लिने गरेका छन् ।

ढकालले राष्ट्रिय स्वाधीनतासँग जोडिएको यसपटकको निर्वाचनमा नेकपा एमालेलाई पहिलो शक्तिको रूपमा स्थापित गर्न सबैलाई सक्रिय र क्रियाशिलपूर्वक लाग्न जोड आह्वान पनि गरेका छन् ।

बाँकेमा नेकपा एमाले र राप्रपाबीचको तालमेलले दुवै पार्टीका नेता,कार्यकर्ता तथा जनता समेत उत्साहित भएको नेकपा एमाले राप्तीसोनारीका युवा नेता माधव पौडेलले बताए । दुई पार्टीबीचको तालमेलले जिल्लाका तीन वटै प्रतिनिधि सभा र ६ वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा निर्वाचनको उत्साहपूर्ण माहोल बनेको उनको दावी छ ।

बाँकेको १ र ३ मा राप्रपाका नेताहरुको नेतृत्वमा एमालेका उम्मेदवारहरु चुनावी प्रचारमा हिँडेको देखिँदा बाँकेकै क्षेत्र नम्बर २ मा भने एमाले कार्यकर्ताहरु राप्रपाका उम्मेदवार धवलसम्सेर राणाको प्रचारमा खटिएका छन् । १ र ३ मा चुनावी कमाण्डर राप्रपालाई दिएपछि क्षेत्र नम्बर २ मा चुनावी कमाण्ड एमालेले पाउनु पर्ने भएपनि एमालेलाई त्यो कमाण्ड नदिईएको नाम नबताउने शर्तमा एक एमाले कार्यकर्ताले बताए । बाँकेको ३ वटै निर्वाचन क्षेत्रमा प्रचारका हिसावले राप्रपा हाबी भएको ती कार्यकर्ताको ठहर छ ।

बाँके क्षेत्र नं.३ प्रतिनिधि सभा सदस्यमा पार्टी जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपति, प्रदेश क मा पार्टी सचिव रत्न खत्री र प्रदेश ख मा पार्टी सचिवालय सदस्य भीम वली उम्मेदवार बनेका छन् ।

राप्रपाका महामन्त्री एवम् बाँके क्षेत्र नं. २ का उम्मेदवार डा. धवलशम्शेर राणाले एमालेसँगको चुनावी तालमेलले जिल्लाका सबै निर्वाचन क्षेत्रमा जित सुनिश्चित भएको दावी गर्छन् ।
‘परिस्थितिको विश्लेषण गरेर समय र परिस्थितिलाई आफ्नो काबुमा लिएर अगाडि बढौं, नतिजा सकारात्मक आउछ’उनले भने ,‘राप्रपाले कुनै पनि गद्धारी गर्दैन राप्रपालाई आउने बराबर भोट एमालेलाई आउँछ ।’

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  १२ : ०१ बजे

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता

गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’

गुल्मी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमण सकेर आज

एमाले उपाध्यक्ष पौडेलद्वारा राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष केसीकी धर्मपत्नीको स्वास्थ्य अवस्थाबारे लिए जानकारी

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय

स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधानका लागि अर्थमन्त्रालयसँग बजेट माग

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले राष्ट्रिय स्वास्थ्य