२१ माघ २०८२, बुधबार | February 4, 2026

एमालेको चुनावी घोषणापत्र सार्वजनिक, यस्ता छन् ५ वर्षका २० ग्यारेन्टी



काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार एमाले अध्यक्ष केपी ओलीले विशेष समारोहमा चुनावी घोषणापत्र डिजिटल रूपमा सार्वजनिक गरेका हुन् ।

घोषणापत्रमा २० हजार शब्द रहेका छन् । जसमा अध्यक्ष ओलीले ६ वटा प्रश्न सर्वसाधारणलाई सोधेका छन् भने पार्टीको चुनाव चिन्हमा किन भोट हाल्ने, अरुलाई किन नहाल्ने भन्ने प्रस्ट्याउन खोजिएको छ ।

डिजिटल डिस्प्लेमा घोषणापत्रमा समेटिएको मुख्य विषयहरु प्रस्तुत गरिएको छ । एमालेले घोषणापत्रमा आगामी पाँच वर्षमा गर्ने कामलाई २० ग्यारेन्टीमा संक्षेपीकरण गरेको छ । त्यसैलाई घोषणापत्रमा व्याख्या गरिएको जानकारी दिइएको छ ।

यस्ताछन् २० ग्योरेन्टी : 

१ पहिलो सेसनः समृद्धि अधिवेशन,
२. नेपालीलाई मात्र नागरिकता
३. हंगर नो लंगर
४. उत्पादन स्वदेशी : बजार विदेशी
५. सुरक्षित छाना : पुग्छ सबैको चाहना
६. कमाइ : युवाको रोजाई
७. पढाइ : भविष्यको जग बसाइ
८.सुगर प्रेसर : भइन्न बिरामी औषधि बेगर
९. फ्रि मिटर : १० हजार लिटर
१० फ्रि युनिट : ५० युनिट
११ खेतबारीमा पानी : खाडीमा हैन स्वदेशमै लगानी
१२ दिनदिनै सडक विस्तार : विकासका पूर्वाधारको आधार
१३. भूमिगत तार : सहर बजार
१४. नो लाइन : सेवा अनलाइन
१५. ५ लाख रोजगार : न्यूनतम ज्याला २५ हजार
१६. समृद्धिसँगको नाता : सबैको बैंक खाता
१७. स्वास्थ्य महिनावारी : १५ सय वर्षभरि
१८. फाइभजी सञ्चार : आइटीमा चमत्कार
१९. हामी समाजिम : सभ्य नागरिक
२० हाम्रो अर्थ : १०० वर्ष

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  २ : ५८ बजे

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता

गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’

गुल्मी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमण सकेर आज

एमाले उपाध्यक्ष पौडेलद्वारा राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष केसीकी धर्मपत्नीको स्वास्थ्य अवस्थाबारे लिए जानकारी

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय

स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधानका लागि अर्थमन्त्रालयसँग बजेट माग

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले राष्ट्रिय स्वास्थ्य