१ पुस २०८२, मंगलबार | December 17, 2025

मतदाताको घरदैलोमा प्रतिवद्धता लिएर पुग्दै घिमिरे



बुटवल । रुपन्देही क्षेत्र नं ५ मा नेकपा एमाले, जसपा र राप्रपाको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार बासुदेव घिमिरेले आफ्नो प्रतिवद्धतासहित विभिन्न क्षेत्रमा मतदातासँग भेटघाट थालेका छन् ।

यसअघि तिलोत्तमा नगरपालिकालाई देशकै उत्कृष्ट नगरपालिका बनाएर चर्चामा आएका पूर्व नगर प्रमुख घिमिरेले मंगलबार कञ्चन,गैडहवा र लुम्बिनी साँस्कृतिक नगरपालिकाका मतदाताहरुसँग भेटघाट थालेका हुन् ।

उनीसँगै मतदाता भेटघाटमा प्रदेश सभा सदस्यका उम्मेदवार भुमिश्वर ढकाल, रामचन्द्र यादवलगायत पार्टीका नेता–कार्यकर्ताहरुको सहभागिता रहेको थियो । मतदातासँगको भेटघाटका उम्मेदवार घिमिरेले विश्व समुदायमा नेपाललाई चिनाउने लुम्बिनीसमेत रहेको रुपन्देही क्षेत्र नं। ५ को समग्र विकासका लागि आफ्नो स्पष्ट दृष्टिकोण रहेको बताउँदै निर्वाचनमा जिताउन मतदातालाई आग्रह गरेका छन्।

घिमिरेले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र पर्यटनको विकासमा बढी जोड दिने र नेपाल र भारतबीच रहेको सीमा र भन्सारको समस्या समाधानमा महत्वपूर्ण भूमिका सहित सडक पूर्वाधारका आयोजनाहरुलाई अघि बढाउने प्रतिबद्धता जाहेर गरेका छन् ।

एमाले नेता घिमिरेले नेकपा एमालेले अघि सारेको योजनाबाट क्षेत्र नं ५ मा विकासको लहर ल्याउने klg बताए ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ५ : ०६ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष