काठमाडौं । मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती, गण्डकीका पहाडी भू-भागमा आंशिक बदली रहनेछ बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको आकलन गरिएको छ ।
राति प्रदेश १, बागमती, गण्डकी र कर्णालीका पहाडी भू-भागमा आंशिक बदलीको सम्भावना छ ।
बिहीबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।


















प्रतिक्रिया