३० पुस २०८२, बुधबार | January 15, 2026

भूकम्पपीडितबाट ६६ लाख ठगेर भागेका ठेकेदार पक्राउ



लमजुङ । लमजुङ प्रहरीले भुकम्पले भत्किएको घर पुनःनिर्माण गरिदिने भन्दै भूकम्पपीडितसँग रकम लिएर फरार भएका एक जना ठेकेदारलाई पक्राउ गरेको छ । सरकारले लाभग्राही प्रत्येकलाई ३ लाख रुपैयाँ उपलब्ध गराएको थियो ।

भूकम्पपीडितको घर निर्माण गरिदिने भन्दै ठेक्का लिएका मकवानपुर जिल्ला बकैया गाउँपालिका १०, अम्मासबेसी बस्ने ४७ वर्षीय ठेकेदार यमबहादुर थोकरलाई ३ वर्षपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

घरहरुको डीपीसी गरेर सरकारबाट आउने दोस्रो किस्ताको १ लाख ५० हजार रुपैयाँका दरले पीडितहरूबाट करिब ६६ लाख रुपैयाँ लिएर भागेका उनलाई पक्राउ गरेको डीएसपी प्रकाश श्रीमलले बताए ।

२०७२ जेठ १२ गते गएको विनाशकारी भूकम्पका कारण घरबारबीहिन लाभग्राहीको आवास पुनःनिर्माणको लागि सरकारले ३ लाख रुपैयाँको व्यवस्था गरेको थियो । उक्त रकमले अपुग हुने भएपछि गैरसरकारी संस्था प्राक्टिकल एक्सनले लमजुङस्थित जनचेतना अभिवृद्धि र विकास अध्ययन समिति (कोप्पाडेस) मार्फत राइनास नगरपालिका र दोर्दी गाउँपालिकाका विपन्न नागरिकलाई ५० हजार रुपैयाँले रकम दिएको थियो ।

थप रकमसहित २०७६ को साउनबाट घर निर्माण कार्यको ठेक्का थोकरले भूकम्पपीडितको डीपीसीसम्मको घर निर्माणकार्य गरी सरकारबाट भूकम्प पीडितहरूलाई दोस्रो किस्ता वापत दिएको १ लाख ५० हजार रकम लिएर निर्माणाधीन घर अलपत्र बनाएको पीडितको गुनासो छ ।

घर निर्माण गरिदिन्छु भनी झुट्टा आश्वासन देखाएर ३ वर्षदेखि फरार उनीविरुद्ध उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय, लमजुङ र प्रहरी बृत ललितपुरबाट खटिएको संयुक्त टोलीले कात्तिक ३ गते पक्राउ गरी ल्याएको र ६ गते ठगी सम्बन्धी कसूरमा जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिइ अनुसन्धान गरेको र पुन सोमबार ७ दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले यसरबारे जानकारी मंगलबार मात्रै गराएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी निरीक्षक जगदिश रेग्मीले केही व्यक्तिका उजुरीको आधारमा पक्राउ गरी ल्याइएको र घटनाबारे बुझेपछि ढिलामात्रामा सार्वजनिक गरिएको बताए ।

जिल्ला प्रहरी कार्यालयले भूकम्पको लाभग्राही सूचीमा परेर ठेकेदार यमबहादुर थोकरबाट पीडित भएकालाई आवश्यक कागजातपत्रसहित सम्पर्क राख्न अनुरोध गरेको छ ।

 

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार  ७ : १९ बजे

यस्तो छ गगन थापा नेतृत्वको नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति (सूचीसहित)

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा

नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित

काठमाडौं । काठमाडौंमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका पुनः संशोधन, मध्यराती २ बजेबाट मतदान

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेस विशेष महाधिवेशनको निर्वाचन

अझै घट्यो काठमाडौँको तापक्रम

काठमाडौँ । पुसको अन्तिम दिन आज काठमाडौँको तापक्रम अझै घटेको

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर । दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक