३० पुस २०८२, बुधबार | January 15, 2026

धानमा लागेन दाना, किसान चिन्तित


१७ कार्तिक २०७९, बिहिबार  

130
Shares

वालिङ । पाक्ने बेला हुँदा पनि धानमा दाना नलागेपछि यहाँका किसान चिन्तित भएका छन् । स्याङ्जाको वालिङ नगरपालिका १४ को हुल्काङमा लगाइएको धानमा दाना नलागेको हो । स्थानीय बजारका एग्रोभेट पसलहरुबाट ‘यूएस ३१२’ जातको हाइब्रिड धानको बीउ लगेर रोपेको स्थानीय कृषक टेकप्रसाद डुम्रेले बताए ।

दुईतीन वर्षदेखि यही जातको धान लगाउँदै आए पनि अरुबेला उत्पादन राम्रो भएको तर यसपटक धानमा दानानै नलागेको हो ।

“बिगतमा पनि यही धान लगाउँदै आएको थिएँ यसपटक पनि यही धानको बीउ ल्याएर ब्याड राखी असार ३१ गते धान रोपेको हुँ” उनले भने, “यसपटक त के भयो, पराल हरियै छ तर धान पसाएर नुग्ने बेलामा नुग्दै नुगेन ।”

डुम्रेले सात रोपनी क्षेत्रफलमा लगाएको धानखेतीमा दाना नै नलागेको हो । मानो खाएर मुरी उब्जाउने समयमा धानमा दाना नलागेर कालै भएपछि उनी चिन्तामा छन् । “धान ठटाउनै पर्दैन, पराल हरियै छ बोल्ने भए आगो लगाइदिन्थे” उनले भने, “गतवर्षहरुमा यही क्षेत्रफलमा १४-१५ मुरी धान उत्पादन हुन्थ्यो तर यसपटक त मिहिनेत, परिश्रम, लगानी सबै माटोमै मिल्यो ।” यस ठाउँमा डुम्रेको सात रोपनी र अन्य तीन जना कृषकको दश रोपनी गरी कूल १७ रोपनी क्षेत्रफलमा लगाइएको धानमा दाना नलागेको वालिङ नगरपालिकाका कृषि प्राविधिक केशबहादुर थापाले बताए ।

कृषकले धानमा दाना नलागेको भन्ने खबर गरेपछि सम्बन्धित खेतमै पुगेर अनुगमन तथा निरीक्षण गरेर फर्किएको उनले बताए । “यो ठाउँमा अन्य कृषकहरुले लगाएको उही जातको धान राम्रो फलेको छ तर चारजना कृषकको खेतमा लगाइएको धानमा दाना नै छैन” उनले भने, “यो अन्य कारणले भन्दा पनि धान पसाएर फूल खेल्ने बेलामा परेको अविरल वर्षाका कारण क्षति भएको हो ।”

‘यूएस ३१२’ जातको हाइब्रिड धान यस ठाउँकालागि उपयुक्त भए पनि ढिलो रोपेकाले पनि समस्या देखिएको उनको दाबी छ । केही दिन अघि रोपिएको खेतमा धान राम्रो भएको तर ढिलो रोपिएको साथै फूल खेल्ने बेलामा ४/५ दिनको अविरल वर्षा मुख्य कारण भएको उनी बताउँछन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ७ : ४२ बजे

यस्तो छ गगन थापा नेतृत्वको नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति (सूचीसहित)

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा

नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित

काठमाडौं । काठमाडौंमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका पुनः संशोधन, मध्यराती २ बजेबाट मतदान

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेस विशेष महाधिवेशनको निर्वाचन

अझै घट्यो काठमाडौँको तापक्रम

काठमाडौँ । पुसको अन्तिम दिन आज काठमाडौँको तापक्रम अझै घटेको

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर । दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक