३० पुस २०८२, बुधबार | January 15, 2026

३१ लाख ८१ हजार नगदसहित हुण्डी कारोबारमा संलग्न तीन जना पक्राउ



काठमाडौं । काठमाडौं बिशालबजारस्थित अनुज सेन्टर र न्युरोड खिचापोखरीस्थित जय दुर्गा ट्रेड ईन्टरनेशनलबाट हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत नयाँदिल्ली ठेगाना भई काठमाडौं ठमेल बस्ने ५० वर्षीय कमल कान्त कुल्थिया, सप्तरी राजविराज ठेगाना भई काठमाडौं नक्साल बस्ने ६७ वर्षीय निर्मल कुमार अग्रवाल र भारत राजस्थान ठेगाना भई काठमाडौं ताहाचल बस्ने ५५ वर्षीय किशन गोपाल रहेका छन् ।

उनीहरुले नेपाल राष्ट्र बैंकले जारी गरेको आदेश र निर्देशन विपरीत वित्तिय कारोवार ‘हुण्डी गर्दै आएका छन् भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले नगद ३१ लाख ८१ हजार ३ सय ८५ रूपैयाँ र व्यक्ति तथा संस्थाको नाममा काटिएको बैंक चेक सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कानुनी कारवाहीको जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहिबार  ६ : १४ बजे

यस्तो छ गगन थापा नेतृत्वको नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति (सूचीसहित)

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा

नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित

काठमाडौं । काठमाडौंमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका पुनः संशोधन, मध्यराती २ बजेबाट मतदान

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेस विशेष महाधिवेशनको निर्वाचन

अझै घट्यो काठमाडौँको तापक्रम

काठमाडौँ । पुसको अन्तिम दिन आज काठमाडौँको तापक्रम अझै घटेको

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर । दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक