१ माघ २०८२, बिहिबार | January 15, 2026

उम्मेदवार घिमिरे मतदाताको घरदैलोमा



बुटवल । रुपन्देहीको क्षेत्र न ५ नेकपा एमाले, राप्रपा र जसपाले चुनावी अभियान तीव्र पारेका छन् । यसैक्रममा कञ्चन गाउँपालिका वडा नं. १ मा अगुवा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । यस्तै लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ९ लगायत अन्य वडामा घरदैलो समेत गरिएको छ ।

घरदैलोको क्रममा जनताको समस्या बुझ्दै रुपन्देही क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बासुदेव घिमिरे क्षेत्र नं. ५ मा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, सामाजिक सशक्तिकरणका क्षेत्रमा रहेका तमाम समस्या हल गर्ने प्रतिबद्धता जनाए । घरदैलोमा प्रदेशसभा सदस्य पदका उम्मेदवारहरु भुमिश्वर ढकाल, प्रदेश रामचन्द्र यादवको पनि सहभागिता रहेको थियो ।

प्रतिनिधिसभाका एमाले, राप्रपा र जसपाका साझा उम्मेदवार बासुदेव घिमिरे तिलोत्तमा नगरपालिकाका प्रथम नगर प्रमुख हुन् । तिलोत्तमा नगरपालिकाको पहिलो नगर प्रमुख हुँदा उनको नेतृत्वमा भएका कामका कारण तिलोत्तमा नगरपालिका देशकैं नमूना नगरपालिका बन्न सफल भएको छ ।

पाँच वर्षे कार्यकालमा बासुदेव घिमिरेको नेतृत्वमा तिलोत्तमा नगरपालिकामा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक रुपान्तरणको क्षेत्रमा थुप्रैं रचनात्मक कामहरु भएका छन् । तिलोत्तमा नगरपालिकाले सुरु गरेका गरेका कामहरु अन्य पालिकाहरुले समेत अनुसरण गर्दै गएका छन् ।

उनको नेतृत्वमा भएका कामको कारण अचेल यहाँका बासिन्दाहरु तिलोत्तमाबासी हुन पाएकोमा गर्व गर्छन् । बासुदेव घिमिरेको अगुवाईमा तिलोत्तमा नगरपालिकामा भएका कामले यहाँका विद्यालय, स्वास्थ्य संस्था, सडक, कृषि, खानेपानी, सरसफाईलगायतका सबै क्षेत्रमा देखिने प्रगति भएको छ । एउटा असल, सक्षम र स्वच्छ छविको व्यक्ति जनप्रतिनिधि बन्दा सबै क्षेत्रमा परिवर्तन गर्न सकिन्छ भन्ने कुराको पुष्टि बासुदेव घिमिरेले तिलोत्तमा नगरपालिकामा देखाएका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ४ : ०६ बजे

यस्तो छ गगन थापा नेतृत्वको नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति (सूचीसहित)

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा

नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित

काठमाडौं । काठमाडौंमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका पुनः संशोधन, मध्यराती २ बजेबाट मतदान

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेस विशेष महाधिवेशनको निर्वाचन

अझै घट्यो काठमाडौँको तापक्रम

काठमाडौँ । पुसको अन्तिम दिन आज काठमाडौँको तापक्रम अझै घटेको

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर । दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक