१८ माघ २०८२, आइतबार | February 2, 2026

एमालेलाई सरकारमा पुर्‍याउन होइन्, देश बनाउन भोट दिनुस् : अध्यक्ष ओली



बैतडी । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुक्रबार बैतडीको पाटनमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका छन् ।

दार्चुलामा दीप प्रज्वलन गरेर एमालेको प्रचार अभियान सुरुवात गर्दै बैतडी पुगेका ओलीले एमालेको आगामी योजना सुदूरपश्चिममा विकासको मूल फुटाउने रहेको बताए । ओलीले बैतडीवासीलाई विकास निर्माणका विभिन्न आयोजना पुरा गर्ने आश्वासन दिएका छन् ।

नेपाल-भारत सिमानदी झुलाघाटमा पक्की पुल, महाकाली कोरिडोर आयोजना सम्पन्न, गोकुलेश्वरमा रहेको कृषि विज्ञान कलेज र पाटनमा रहेको भिमदत्त पोलिटेक्नीकल शिक्षालयको स्तरोन्नती, दशरथचन्द प्रतिष्ठान लाई राष्ट्रिय प्रतिष्ठान बनाउने, खनिज पदार्थको उत्खनन् तथा बैतडीमा रहेको फस्फोराईड खानी सञ्चालन गर्ने उनले बताए । उल्लेखित आयोजनाको काम विगतमा आफू नेतृत्वको सरकारले सुरुवात गरे पनि वर्तमान सरकारले अलपत्र छाडेको उनको आरोप छ । ओलीले बैतडी सहित सुदूरपश्चिका विभिन्न सामुदायिक क्याम्पसलाई आंगिक बनाएको बताए ।

अध्यक्ष ओलीले सुदूरपश्चिममा रहेका सबै राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने जिम्मेवारी एमालेको काँधमा रहेको बताए । मंसिर ४ मा एमालेलाई भोट दिन आग्रह गर्दै उनले भने, ‘एमालेले अहिले बच्चा गर्भमा रहँदादेखि पुरै जीवनका योजनाको खाकासहित सार्वजनिक गरेको पार्टीको घोषणा पत्रमा टेकेर काम गर्नेछौँ । सूर्य चिन्हमा मतदान गरी एमालेका सबै उम्मेदवारलाई विजयी गराउन अनुरोध गर्छु ।’

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार  ६ : १५ बजे

खुल्यो जमुनाहा नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवागमन

नेपालगन्ज । जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ । दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

खुम्च्यो स्वास्थ्य बीमाको सेवा, ओपीडी सेवामा वर्षमा २५ हजार मात्र भुक्तानी हुने

काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले पाउँदै आएको बीमा सेवालाई

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन