१८ माघ २०८२, आइतबार | February 1, 2026

सुर्खेतका २० मतदानस्थल अति संवेदनशील


२१ कार्तिक २०७९, सोमबार  

169
Shares

सुर्खेत । सुर्खेतमा निर्वाचनका लागि कायम रहेका २० मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिका अनुसार जिल्लाका एक सय ३९ मतदान स्थल रहेका छन् ।

समितिका अनुसार ८६ संवेदनशील र ३३ कम संवेदनशील छन् । यसअनुसार निर्वाचन क्षेत्र नं १ मा कायम रहेका ७२ मतदानस्थलमध्ये नौ अति संवेदनशील, ६० वटा संवेदनशील र तीन कम संवेदनशील छन् ।

त्यस्तै निर्वाचन क्षेत्र नं २ मा ६७ मतदानस्थलमध्ये ११ अति संवेदनशील, २६ संवेदनशील र ३० कम संवेदनशील रहेको जिल्ला सुरक्षा समितिका संयोजकसमेत रहेका सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । सुरक्षा समितिले निर्वाचन क्षेत्र नं १ (क) मा सात वटा अति संवेदनशील, २४ संवेदनशील, (ख) मा र दुई अति संवेदनशील, ३६संवेदनशील र तीन मतदानस्थललाई कम संवेदनशीलको सूचीमा राखेको छ ।

त्यसैगरी निर्वाचन क्षेत्र नं २ (१) मा सात अति संवेदनशील र संवेदनशील मतदानस्थल छैनन् भने कम संवेदनशील २४ मतदानस्थल रहेका छन् । त्यस्तै (२) मा ११ अति संवेदनशील, २६ संवेदनशील र छ मतदानस्थल कम संवेदनशील छन् । निर्वाचन सुरक्षा चुनौती कम गर्न मतदानस्थलको सुरक्षाका लागि आवश्यक काम भइसकेको र संवेदनशील, संवेदनशील र कम संवेदनशील मतदानस्थल वर्गीकरण गरेर तत्काल थप सुरक्षाकर्मी पुग्ने गरी रणनीति तयार गरिएको प्रजिअ रिजालले बताए ।

प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार निर्वाचन क्षेत्र रहेको जिल्लामा संवेदनशीलरुपमा लिइएका मतदानस्थललाई नेपाल प्रहरीले अहिलेदेखि नै निगरानी गरिरहेको पनि प्रजिअ रिजालले जानकारी दिएका छन । मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि सुर्खेत जिल्लामा प्रतिनिधिसभाका दुवै निर्वाचन क्षेत्रमा सशस्त्र प्रहरी बलका डिएसपीको कमाण्डमा सशस्त्र प्रहरी परिचालन भइसकेको पनि प्रजिअ रिजालले जानकारी दिए ।

सुर्खेतको पूर्वसिम्ता गाउँपालिकादेखि पश्चिम चौकुने गाउँपालिकासम्मका सुरक्षा संवेदनशीलता मानिएका मतदानस्थलको सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको संयुक्त टोली तयारी अवस्थामा राखिने जनाइएको छ ।

निर्वाचनमा खटिँदै दुई हजार ३४४ कर्मचारी

निर्वाचन प्रयोजनका लागि सुर्खेतमा दुई हजार तीन सय ४४ जना कर्मचारी खटिने भएका छन् । कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी कुमार ज्ञवालीले आवश्यकताअनुसार थप कर्मचारी र स्वयमसेवक खटाउन सकिने पनि जानकारी दिए ।

सूचना अधिकारी ज्ञवालीका अनुसार पाँच सय मतदाता भएको केन्द्रमा एक सहायक कर्मचारी र पाँच सयभन्दा बढी मतदाता भएको मतदान केन्द्रमा दुई सहायक कर्मचारी र प्रत्येक मदतान केन्द्रमा एक–एक कार्यालय सहयोगी खटिनेछन् । उनले मतदानस्थल र मतदान केन्द्रमा खटिनेमा निजामती कर्मचारी, सरकारी स्वामित्वका संस्थानका कर्मचारी रहेको जानकारी दिए । प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चार वटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा एक सय ३९ मतदानस्थल र दुई सय ९३ मतदान केन्द्र कायम गरिएको छ ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार निर्वाचन क्षेत्र नं १ मा ७२ मतदानस्थल र एक सय ४४ मतदान केन्द्र कायम गरिएको छ भने निर्वाचन क्षेत्र नं २ मा ६७ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र कायम गरिएको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार निर्वाचन क्षेत्र नं १ (१) मा ३१ मतदानस्थल र ६४ मतदान केन्द्र तोकिएको छ भने (२) मा ४१ मतदानस्थल र ८० मतदान केन्द्र तोकिएको निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार निर्वाचन क्षेत्र नं २ (१) मा २४ मतदानस्थल र ७३ मतदान केन्द्र तोकिएको छ भने (२) मा ४२ मतदानस्थल र ७६ मतदान केन्द्र कायम गरिएको कर्णाली प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी ज्ञवालीले जानकारी दिए ।

 

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ८ : ३३ बजे

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन

वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै

काठमाडौं । फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर

नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने

आचारसंहिता उल्लङ्घनका सूचना तथा उजुरीका लागि अलग्गै इमेल

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि