१ माघ २०८२, बिहिबार | January 15, 2026

बामदेव गौतम नेतृत्वको एकता अभियानले रुपन्देही-२ मा विष्णु पौडेललाई समर्थन गर्ने



बुटवल । ने.क.पा. राष्ट्रिय एकता अभियानले रुपन्देही क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार विष्णु  पौडेललाई समर्थन जनाउने भएको छ । एमाले उपाध्यक्ष पौडेललाई आगामी मंसिर ४ को निर्वाचनमा मतदान गर्न एकता अभियानले आह्वान गरेको हो ।

पौडेललाई समर्थन गरेको जानकारी गराउन सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश ईन्चार्ज  महेन्द्र अर्यालले भने-‘बिष्णु पौडेल एमाले पार्टीका लागि मात्रै नभएर सिंगो राष्ट्रका लागि आवश्यक पात्र भएका कारण हामीले समर्थन जनाएका हौं ।’ उनले अघि भने  ‘विष्णु पौडेल सिंगो बामपन्थी आन्दोलनलाई एकीकृत गरेर लैजानुपर्छ भन्ने मान्यता बोकेका व्यक्ति हुन् ।  नितान्त एमाले मात्रै नबुझेर उहाँ राष्ट्रको नेता हो । राष्ट्रका लागि आवश्यक नेता हो ।’ यहाँका उद्योगीहरुको लगानी, युवाहरुको रोजगारी लगायतका कुराहरुको ग्यारेन्टीका लागि पनि पौडेललाई जिताउन आवश्यक रहेको उनले बताए ।

बामदेव गौतम नेतृत्वको एकता अभियानका रुपन्देही जिल्ला ईन्चार्ज राधेश्याम गुप्ताले रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा आफूहरुको २५ सय बढी मतदाता रहेको दाबी गरे । आगामी निर्वाचनका लागि एकता अभियानले बुटवलबाट पौडेललाई समर्थन गरेसँगै देशैभरका उम्मेदवारहरुलाई समर्थन गरेर अघि बढ्ने अभियानमा रहेको बताए ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ३ : ०२ बजे

रुपन्देहीमा माघ ३ गते तन्त्र एवं ज्योतिष प्रशिक्षणात्मक गोष्ठी हुँदै

बुटवल । तन्त्र र ज्योतिषसम्बन्धी सम्पूर्ण ज्ञान तथा वैज्ञानिक, शास्त्रीय

मकरस्नान गर्ने आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गा

नवलपुर । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघे सङ्क्रान्ति स्नान गर्न

मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको रौनक

म्याग्दी । म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति

माघे सङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड

तनहुँ । तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधाममा माघे सङ्क्रान्ति

‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’

चितवन । केही महिनाअघि अमेरिकन आमाछोरी भरतपुरको होटेल ग्लोबल परिसरमा