२९ माघ २०८२, बिहिबार | February 12, 2026

सुनको कालोबजारीको अन्त्य माग गर्दै आफ्नै महासंघ विरुद्ध रुपन्देही सुनचाँदी व्यवसायीले बुझाए ज्ञापनपत्र



बुटवल । बजारमा सुनचाँदीमा चरम अभाव भएपछि रुपन्देहीका सुनचाँदी व्यवसायीहरुले आफ्नै महासंघ विरुद्ध ज्ञापनपत्र बुझाउन पुगेका छन् । बजारमा सुनकोे चरम अभाव र कालोबजारी मौलाएपछि रुपन्देही सुनचाँदी व्यबसायी संघ कालोबजारी रोक्न माग गर्दै नेपाल सुनचाँदी व्यबसायी महासंघलाई ज्ञापनपत्र बुझाउन पुगेको हो ।

बजारमा भएको छापावाला सुनको चरम अभाव तथा कालोबजारी, बजारमा कच्चा सुनको अभाव देखिएपछि तत्काल आपूर्ति वृद्धि गर्न माग गर्दै संघको नेतृत्वमा नेपाल सुनचाँदी व्यबसायी महासंघलाई ५ बुँदे ज्ञापनपत्र बुझाएको हो ।

रुपन्देही सुनचाँदी व्यबसायी संघको नेतृत्वमा सोमबार जिल्लाका सुनचाँदी व्यबसायीहरुका व्यवसायिक समस्याहरु सम्बन्धमा नेपाल सुनचाँदी व्यबसायी महासंघलाई ज्ञापनपत्र मार्फत ध्यानआकर्षण गराइएको महासचिव सिताराम रसाइलीले जानकारी दिए ।

जिल्लाका व्यबसायीले व्यवसाय मैत्री करोबार सञ्चालन ऐन लागु गर्न, एसोसिएट सदस्यता खारेज गर्न तथा कालोबजारी अन्त्य गर्न नेपाली सुनचाँदी व्यवसायी महासंघले खाका तयार गर्नुपर्ने संघको माग छ । बजारमा सुन अभाव भएकाले व्यवसाय बचाउँन विचौलियाहरुसँग महंगोमा सुन खरिद गर्न बाध्य पारिएको रुपन्देहीका सुन व्यवसायीहरुले गुनासो गरे ।

ज्ञापनपत्रमा सुनको आपुर्ति वृद्धि गर्न र त्यसको आपुर्ति न्यायोचित र पारदर्शि बितरणको लागि महासंघ तत्काल लाग्नुपर्ने,राज्यका सम्बन्धित निकायसंग समन्वय गरि सुनको कालोबजारी अन्त्य गर्न अबिलम्ब लाग्नुपर्ने,एसोसियट सदस्यहरुबाट कोटाको सुन निकासीमा अनियमितता गरि कालो बजारी गरेको भन्ने गुनासो आएको हुँदा त्यसको छानबिन गरि दोषिलाई कारबाहि गर्न र एशोसियत सदस्यता समेत खारेज गर्न माग गरिएको छ ।

त्यसैगरि सुनको आपुर्तिको दिर्घकालिन समाधानको लागि कोटा प्रणलीको अन्त्य र व्यबसायीहरुको आवश्यकता अनुसार सहज रुपमा सुन किन्न सक्ने व्यवस्था मिलाउन राज्य संग अबिलम्ब पहल गर्ने र लामो समय देखि थाति रहेको सुनचाँदी व्यबसाय सम्बन्धि नियमावली तथा निर्देशिका पारित गर्ने कुरामा गम्भिर रुपमा लाग्नुपर्ने ज्ञापनपत्र मार्फत आग्रह गरिएको छ ।

ज्ञापनपत्र बुझाउदै रुपन्देही सुनचाँदी व्यबसायी संघका अध्यक्ष रामकिसन बिश्वकर्माले बिभिन्न बाहानामा व्यवसायीले सुनचाँदी व्यवसायका लागि आवश्यक पर्ने कच्चा सुन र चाँदी बजारमा प्रयाप्त नहुँदा कालोबजारी गर्ने गिरोहले मौकाको फाइदा उठाइरहेको बताए । उनले कालोबजारीको रुपमा अधिक मूल्य तिरेर सुन खरिद गर्न वाध्य हुनु नै अहिलेको मुख्य समस्या भएको बताउदै यस्ता किसिमका व्यबसायीक समस्या अन्त्यका लागि संस्थाहरुले उठाएका मागलाई महासंघले नेतृत्वदायि भुमिका खेल्न आग्रह गरे।

नेपाल सुनचाँदी व्यवसायी महासंघका बिज्ञ परामर्श समिती संयोजक प्रेम कुमार सेन्चुरीले सरकार, व्यवसायी र उपभोक्ता सबैलाई सहज हुनेगरी आपूर्तिको विकल्प खोजिनु पर्ने बताए ।

ज्ञापनपत्र बुझ्दै नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले व्यबसायीको हकहितको लागी महासंघ सदैब तत्पर रहेको बताए । बजारमा सुनचाँदीका गरगहना बनाउने कच्चा पदार्थ अभाव र माग अनुसार आपूर्ति नहुँदा ग्राहकहरूको माग अनुसार बजारमा सुनचाँदी दिन सक्ने अवस्था नभएको बताउदै उनले गत ६ महिनादेखि सरकारले विदेशी मुद्रा सञ्चितिको कमी भएको भन्दै सुन आयातमा कटौती गर्दा व्यवसायीहरू मारमा परेको बताए ।

नेपाल सरकारले गत वैशाखदेखि दैनिक २५ किलोसम्म आयात हुने गरेको कोटामा कटौती गरी १० किलोमा झारेकाले अहिले बजारमा सुनको अभाव देखिएको व्यवसायीहरूको गुनासो छ ।

कार्यक्रममा महासंघका उपाध्यक्ष जोगलाल बिश्वकर्मा, महासचिव धर्म सुन्दर बज्राचार्य ,सचिव किरण किरणभाइ बज्रचार्यलगायतले बोलेका थिए ।

कार्यक्रममा जिल्ला संघमा आबद्ध आठ ओटा नगरसंघका अध्यक्ष सचिव ,जिल्ला कार्यसमितीका पधादीकारी,सल्लाहकार ,प्रदेश संघका प्रतिनिधी ,एवम रुपन्देही जिल्लाबाट महासंघमा प्रतिनिधित्व गर्ने पधादिकारीहरुको सहभागिता रहेको थियो।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ९ : ११ बजे

भदौ २४ गते राष्ट्रपतिलाई समेत ढालेर कठपुतली सरकार बनाउने षड्यन्त्र भएको थियो : प्रचण्ड

बागलुङ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान निर्वाचनलाई

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । यहाँको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड

टी-२० विश्वकप : इटालीले टस जितेर फिल्डिङ रोज्यो, नेपाल पहिले ब्याटिङ गर्दै

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत बिहीबार नेपाल र इटालीबीच

१३ औं संस्करणको ‘दीप गायन तारा’ शुक्रबारदेखि सुरु हुँदै

बुटवल । रूपन्देहीका विद्यार्थीमा लुकेर रहेका गायन प्रतिभालाई पहिचान र

राष्ट्रपति पौडेलले गरे राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेका