२ पुस २०८२, बुधबार | December 17, 2025

प्रकाशमानलाई मतदाताले सोधे– मेलम्चीको पानी कहिले आउँछ ?



काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट काठमाडौं क्षेत्र नं-१ का प्रतिनिधि सभा उम्मेदवार प्रकाशमान सिंहलाई मतदाताले मेलम्चीको पानीलाई लिएर गुनासो गरेका छन् ।

आज आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रम गर्दै हिँडेका सिंहलाई मतदाताले ‘मेलम्चीको पानी कहिलो आउँछ ?’ भनि प्रश्न गरेका थिए ।

मतदाताले मेलम्ची पानीको बारे गुनासो गरेको बताउदै आफुले जनतालाई केहि समय कुरिदिन आग्रह गरेको सिंहले बताए ।

सिहंले विगत ५ वर्षमा आफ्नो नेतृत्वमा भएको भौतिक विकासले मतदाताको मन जित्न सफल भएको दाबी समेत गरे ।

काडमाडौं क्षेत्र नं- १ का मतदाताले आफूलाई तीन पटक विश्वाश गरेको तर सुरुको दुई पटक संविधान र्निमाणमा व्यस्त रहनु परेकाले भौतिक विकाशमा त्यति समय दिन नसके उनले बताएका थिए ।

संविधान र्निमाण पछि भने यस क्षेत्रमा हरेक प्रकार विकासका गतिविधि अगाडि बडाएको सिंहले जनाए ।

‘हरेक टोल टोलमा कुनै न कुनै प्रकारको विकासको योजना पुर्याएको छु,’ उनले भने ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  १२ : ४२ बजे

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व