५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

इरान-अमेरिका तनाब चुलिँदै गएपछि नेपालद्वारा इरान भ्रमण नगर्न आग्रह



काठमाडौं । इरान र अमेरिकाबीच बढ्दो कूटनीतिक तथा सुरक्षा तनाबका कारण नेपाल सरकारले इरान जाने योजना बनाएका नेपाली नागरिकलाई तत्काल भ्रमण स्थगन गर्न आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले आइतबार (माघ १८) एक ‘ट्राभल एडभाइजरी’ जारी गर्दै यस्तो सल्लाह दिएको हो ।

मन्त्रालयले जारी गरेको सूचनामा इरानको पछिल्लो अवस्थालाई ध्यानमा राख्दै अवस्था सामान्य नहुन्जेलसम्म त्यहाँ भ्रमण नगर्न आग्रह गरिएको छ । “इरानमा भइरहेको पछिल्लो विकासक्रमलाई मध्यनजर गर्दै अवस्था सहज नहुँदासम्म इरान भ्रमण गर्ने योजना स्थगित गर्न हामी सल्लाह दिन्छौँ,” परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यसैगरी हाल इरानमा बसोबास गरिरहेका वा विभिन्न क्षेत्रमा कार्यरत नेपाली नागरिकलाई समेत सकेसम्म छिटो सुरक्षित रूपमा इरान छाड्न मन्त्रालयले अनुरोध गरेको छ । सुरक्षा जोखिम बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै नेपाली नागरिकको जीवन र सुरक्षालाई प्राथमिकता दिँदै यस्तो आग्रह गरिएको मन्त्रालयको भनाइ छ ।

इरानस्थित राष्ट्रसंघीय कार्यालयमा सानो सङ्ख्यामा नेपाली नागरिक कार्यरत रहेको अनुमान गरिएको छ । यद्यपि इरानमा रहेका नेपालीको यकिन तथ्याङ्क सार्वजनिक गरिएको छैन ।

परराष्ट्र मन्त्रालयले इरानमा रहेका नेपाली नागरिकलाई आफ्ना पासपोर्ट, यात्रा कागजात, परिचयपत्रलगायत महत्त्वपूर्ण कागजातहरू सधैँ सहजै भेटिने सुरक्षित स्थानमा राख्न समेत आग्रह गरेको छ । आपत्कालीन अवस्था आएमा उद्धार तथा सहायताका लागि यस्ता कागजात अनिवार्य हुने भएकाले सजिलै उपलब्ध हुने स्थानमा राख्न मन्त्रालयले जोड दिएको हो ।

मन्त्रालयले आवश्यक परेमा नेपाल सरकार तथा कूटनीतिक नियोगहरूसँग सम्पर्कमा रहन र आधिकारिक सूचनाको निरन्तर अनुगमन गर्न पनि इरानमा रहेका नेपाली नागरिकलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ६ : ०५ बजे

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११