६ पुस २०८२, आइतबार | December 21, 2025

रूसलाई हतियार आपूर्ति आरोप, प्योङयाङ– वासिङटन वाक्युद्ध



उत्तरकोरियाले रूसलाई कहिल्यै हातहतियार आपूर्ति नगरेको स्पष्ट गर्दै त्यससम्बन्धमा भ्रामक हल्ला गरेकामा अमेरिकाको कडा शब्दमा निन्दा गरेको छ । राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीको अभिव्यक्तिको खण्डन गर्दै प्योङयाङले वासिङटनको निन्दा गरेको हो ।

उत्तरकोरियाले गोप्य रूपमा भारीमात्रामा हातहतियार रूसलाई आपूर्ति गरेको आरोप प्रवक्ता किर्बीले गत हप्ता लगाएपछि प्योङयाङले आफूसँग मस्कोले कहिल्यै हतियारको कारोबार नगरेको स्पष्ट गरेको छ । “हामीले रूसँग कहिल्यै हतियारको कारोबाहर गरेका छैनौँ, भविष्यमा त्यसो गर्ने हाम्रो कुनै योजना छैन,” रक्षा मन्त्रालयको अन्तर्राष्ट्रिय मामिला विभागका एकजना उपनिर्देशकले भनेका छन् ।

अज्ञात ती उपनिर्देशकले अन्तर्राष्ट्रिय क्षेत्रमा उत्तरकोरियाको छवि धमिलो पार्ने अमेरिकाको शत्रुतापूर्ण प्रयासको आज निन्दा गरेका सरकारी सञ्चारमाध्यमले जनाएका छन् । आवरणमा उत्तरकोरियाले मध्यपूर्व वा उत्तरअफ्रिकी देशमा हतियार आपूर्ति गरिएको देखाए पनि हातहतियारको वास्तविक गन्तव्य रूस भएको गुप्तचर निकायबाट प्राप्त सूचनाका आधारमा प्रवक्ता किर्बीले बताएका थिए । यसअघि पनि प्योङयाङले वासिङटनलाई ‘लापरबाह टिप्पणी’ नगर्न तथा ‘आफ्नो मुख बन्द राख्न’ आह्वान गरेको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  २ : ०९ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ