५ पुस २०८२, शनिबार | December 20, 2025

निर्वाचनका लागि मात्रै गठबन्धन गरेको होइनौं : प्रचण्ड



जुम्ला । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४ मंसिरमा हुने निर्वाचन निर्वाचन मात्रै नभएर दुई विचार र सिद्धान्तको प्रतिस्पर्धा भएको बताएका छन् ।

जुम्लामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सत्ता गठबन्धन संविधान, गणतन्त्र, समावेशी र समानुपातिक गणतन्त्रको पक्षमा खडा भएको बताए ।

आगामी निर्वाचन संविधान तथा गणतन्त्रका पक्षमा उभिने र त्यसको विपक्षमा रहेकाबीच हुने उनले बताए । उनले भने, ुदुई वटा विचार, प्रवृत्ति, संस्कृतिका बीचमा आमनेसामने हुँदै छ ।’ अध्यक्ष दाहालले परिवर्तन र अग्रगमनका पक्षधर र त्यसको विरोधीबीचमा ४ मंसिरमा संग्राम हुने  बताए ।

उनले  प्रत्येक निर्वाचन कुनै न कुनै राजनीतिक विषयमा केन्द्रित हुने गरेको तथ्य पेश गर्दै यस पटक अग्रगमन र परिवर्तनका पक्षमा उभिने कि नउभिने भन्ने बारेमा केन्द्रित भएको दाबी गरे ।

नेपालमा शान्ति प्रक्रिया सुरू गरेको र १२ बुँदे समझदारीका सहयात्री कांग्रेस नै भएको  र अहिले पनि आफूहरू एकै ठाउँमा भएकाले निर्वाचन जित्ने उनले बताए । नेपाली जनताले प्राप्त गरेको अधिकारलाई थप स्थापित गर्न र आर्थिक समृद्धिको चाहना पूरा गर्न पनि केन्द्रित रहेको उनको भनाइ छ।

उनले तत्कालिन एमालेको नेतृत्वमा माधवकुमार नेपाल नै भएकाले  मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव भएको जानकारी दिए । अध्यक्ष दाहालले भने, ुपरिवर्तन, प्रगति, स्थिरता चाहने शक्ति एक ठाउँमा उभिएको र अर्कोतर्फ निरंकुशता र सामन्तवादतर्फ लैजान चाहने शक्ति उभिएका छौं। यो स्वाभाविक र प्राकृतिक छ।ु

 

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  ३ : ०७ बजे

नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण बुटवलमा सम्पन्न

बुटवल । धर्म, संस्कार, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले