५ पुस २०८२, शनिबार | December 20, 2025

मुलुकको आर्थिक संकटप्रति पूर्व अर्थमन्त्री पौडेलको चिन्ता : ‘मन बुझाउने कुनै ठाउँ रहेन’



बुटवल । पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको आर्थिक संकटप्रति चिन्ता व्यक्त गरेका छन् । मुकुका सबै सूचकांकहरु सकारात्मक नरहेको बताउँदै उनले महङ्गी, बेरोजगार र तिब्र आर्थिक संकटले कतैपनि मन बुझाउने ठाउँ नरहेको उल्लेख गरे ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो दुई महिनाको समीक्षासहित प्रकाशित गरेकोे तथ्यांकमा सबै आर्थिक सूचकांकहरु नरात्मक देखिएबो बताउँदै उनले मुलुक निराशाजनक स्थितीमा पुगेको टिप्पणी गरे । पछिल्लो तथ्याङ्क अनुसार मुलुकको मुद्रास्फिीति ८ दशमलव ६४ प्रतिशत छ । जुन अघिल्लो वर्षको सोही अवधिमा ३ दशमलव ४९ रहेको थियो । चरम मुल्यवृद्धि बेरोजगारीका कारण युवाहरु विदेश पलायन हुने दर अस्वभाविक वृद्धि भएको भन्दै पौडेलले चिन्ता व्यक्त गरे । वैदेशिक रोजगारीमा जानका लागि श्रम स्विकृती लिनेको संख्यामा १६९ दशमलव ९ प्रतिशतले वृद्धि हुनु मुलुकका लागि राम्रो सन्देश नभएको उनले बताए ।

नेकपा एमालेको उपाध्यक्ष समेत रहेका पौडेलले गठबन्धन नेतृत्वको सरकारले मुलुकलाई सही दिशामा हिडाउन नसक्दा अकल्पनीय ढँगले मुलुकको स्थितीले बाटो बिराएको उनले उनले टिप्पणी गरे । वर्तमान सरकारले मुलुकलाई सही बाटोमा हिडाउन नसकेको टिप्पणी गर्दै उनले मुलुकलाई सही बाटोमा ल्याउनका लागि एमालेको नेतृत्व आवश्यक रहेको उल्लेख गरे । रुपन्देही क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार रहेका पौडेलले बुधबार सैनामैना नगरपालिकामा घरदैलो तथा जनतासँग भेटघाटका क्रममा मुलुक डरलाग्दो आर्थिक संकटमा फसेको बताएका हुन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  १२ : ३८ बजे

नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण बुटवलमा सम्पन्न

बुटवल । धर्म, संस्कार, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले