१८ माघ २०८२, आइतबार | February 1, 2026

उम्मेदवारको निधनका कारण मोरङ-३ को निर्वाचन नरोकिने



काठमाडौं । उम्मेदवारको मृत्यु भएपनि निर्वाचन आयोगले मोरङ-३ प्रदेशसभा १ को निर्वाचन नरोक्ने भएकोछ ।

आयोगले निर्धारित मितिमै निर्वाचन हुने गरी काम गर्ने तयारी सुरु गरिसकेको छ ।

प्रदेश १ का वनमन्त्री एवं मोरङ क्षेत्र नम्बर ३ (१) मा कांग्रेसबाट प्रदेशसभा उम्मेदवार रहेका शेखरचन्द्र थापाको निधन भएपछि सो क्षेत्रमा निर्धारित मितिमा निर्वाचन हुनेबारे आयोगले प्रष्ट पारेको हो ।

निर्वाचन मितिभन्दा ७ दिन अगाडि कुनै उम्मेदवारको निधन भएमा सोही मितिमा निर्वाचन हुने गरी नयाँ कार्यतालिका बनाउने आयोगले जनाएको छ । आयोगले पुनः मनोनयनलगायत सबै प्रक्रिया पूरा गर्ने र मंसिर ४ मा नै मतदानको तयारी भइरहेको आयोगका प्रवक्ता शालिकराम शर्माले बताए । निर्वाचनका सबै प्रक्रिया छोटो समयमै सकेर मंसिर ४ गते नै त्यो क्षेत्रमा पनि निर्वाचन हुने उनले बताए ।

 

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  १२ : ४४ बजे

रुपन्देही उद्योग संघले बनायो २ वर्षे कार्ययोजना

बुटवल । रूपन्देही उद्योग संघले आगामी दुई वर्षको कार्ययोजना तयार

इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई । इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले

रुपन्देहीको विकास अध्ययन गर्न योजनाविदलाई बिष्णु पौडेलको आग्रह

बुटवल । पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष बिष्णु

भारतको बजेट : पूर्वाधार र उत्पादनमा ठूलो लगानी

नयाँदिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले अस्थिर वित्तीय बजार र

नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (माओवादी) ले गरिब जनताको आर्थिक