१८ माघ २०८२, आइतबार | February 1, 2026

गठबन्धन सरकारले लालपूर्जा वितरण गर्न रोक्यो : पूर्व मन्त्री श्रेष्ठ



सैनामैना । लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा आसन्न मंसिर ४ गतेको चुनावमा रूपन्देही २(२) का प्रदेश सभा उम्मेदवार भोजप्रसाद श्रेष्ठले सुकुम्बासी समस्या समाधान गर्ने पार्टी एमाले मात्रै भएको दाबि गरेका छन ।

बिहीबार सैनामैनामा चुनावी सभालाई सम्बोधन गर्दै श्रेष्ठले आफ्नै नेतृत्वमा २०५१ सालमा सुकुम्बासी समस्या समाधानमा उल्लेख्य काम गरेको र त्यसयता गर्न खोज्दा पनि जनविरोधी पक्षको असहयोगका कारण लालपूर्जा वितरणको काम रोकिएको बताए ।

एमाले नेतृत्वको सरकारले लालपूर्जा वितरणको तयारी गरेकै बेला अहिलेको गठबन्धन सरकारले सुकुम्बासी समस्या समाधान आयोग खारेज गरेर काम हुन नदिएको बताए ।

२०५४ सालमा बुटवल नगरपालिकाको प्रमुख हुँदा योजाबद्ध बिकास गरेका कारण देशमै योजनावबद्ध विकासको नमुना पेश गरेको, विकासका हरेक पक्षमा काम गरेका कारण उत्कृष्ट नगरपालिकामा पुरस्कृत गर्न सफल भएको सोही उत्कृष्टताको बाटो बुटवल, सैनामैना अगाडि बढेको श्रेष्ठले बताए ।

कोभिड महामारीमा लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्री हुँदा प्रदेशका सबै जिल्लामा अक्सिजन प्लान्ट स्थापना भएको, निःशुल्क रक्तसञ्चार सेवाको सुरुवात गरेको, लुम्बिनी प्रदेशका प्रादेशिक अस्पताल र जिल्ला अस्पताल लगायत ठूला ३१ अस्पतालको स्तर बृद्धि गर्न अभियान चलाउनुको साथै स्वास्थ क्षेत्रमा बृहत सुधारका काम भएको श्रेष्ठले जानकारी गराए ।

राष्ट्रियताको पक्षमा, जातीय, धार्मिक, सांस्कृतिक रुपमा समतामूलक समाज निर्माणमा नेकपा एमाले सिधै प्रतिबद्ध रहेको श्रेष्ठको भनाइ छ । ‘लोकतन्त्रमा दल बदल हुन्छ, नयाँ पार्टी जन्मिन्छन्, पार्टी छनौटको अधिकार हुन्छ, कसलाई मत दिने जनताको रोजाइ हुन्छ तर राष्ट्रियताको पक्षमा काम गर्ने, जनताको पक्षमा काम गर्ने पार्टी एमाले नै रहेको हिजोका हाम्रा काम र गठबन्धनको सरकारको अहिलेको कामले पुष्टि गरेको छ ’, उनले भने ।

श्रेष्ठले अहिलेको पाँच दलीय गठबन्धनको सरकारले भड्किलो मन्त्रीमण्डल गठन गरेका कारण जनतामा प्रदेश सरकारप्रति बितृष्णा रहेको बताए । ‘ प्रदेश सरकार चुस्त, जनमुखी, कम खर्चिलो बनाएको हाम्रो इतिहास छ, भविष्यमा पनि एमालेले त्यहीँ गर्नेछ’, श्रेष्ठले भने ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ३ : २८ बजे

‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अक्सफोर्डका अंकित गौतमलाई

बुटवल । बुटवलस्थित बागेश्वरी कला तथा संगीत एकेडेमीको आयोजनामा सम्पन्न

प्रहरी महानिरीक्षक कार्कीद्वारा जन्मभूमिको विद्यालयमा ५ लाखको अक्षयकोष स्थापना

गुल्मी । नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले आफुले बाल्यकालमा

इरान-अमेरिका तनाब चुलिँदै गएपछि नेपालद्वारा इरान भ्रमण नगर्न आग्रह

काठमाडौं । इरान र अमेरिकाबीच बढ्दो कूटनीतिक तथा सुरक्षा तनाबका

एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं । सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार

युएईले दियो दुई सय छयत्तर नेपालीलाई आममाफी

काठमाडौं । नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सरकारको ५४