६ श्रावण २०८३, बुधबार | July 22, 2026

आधाले घट्यो खाद्यान्न आयात



काठमाडौं । प्रत्येक वर्ष आयात बढिरहेका बेला चालू आर्थिक वर्षको पहिलो तीन महिनामा भने खाद्यान्न (चामल, धान, मकै, गहुँ, कोदो, जौ) आयात झन्डै ५० प्रतिशतले कमी आएको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा खाद्यान्न आयात ४७ दशमलव ७ प्रतिशतले घटेको हो ।

चालू आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा नौ अर्ब २६ करोड १७ लाख ८३ हजार रुपैयाँको १९ करोड ८१ लाख १० हजार केजी खाद्यान्न आयात भएको विभागको तथ्याङ्क छ । गत वर्ष सो अवधिमा १७ अर्ब ७० करोड ८४ लाख ५२ हजार रुपैयाँको ४६ करोड ४९ लाख छ हजार केजी खाद्यान्न आयात गरेको थियो ।

चालू आर्थिक वर्षको सो अवधिमा कुल वस्तु आयातमा १६ दशमलव २० प्रतिशतले कमी आएको छ । समग्र वस्तुको आयात घट्दा खाद्यान्न आयातमा उल्लेख कमी आएको हो । चालू खाता घाटा, शोधानान्तर घाटा र विदेशी मुद्रा सञ्चितिमा परेको दबाबका कारण सरकारले केही वस्तु आयातमा कडाइ गरेकाले समग्र आयातमा कमी आएको हो ।

अघिल्लो वर्षको सो अवधिको तुलनामा यस वर्षको साउनदेखि असोजसम्ममा चामल, मकै, गहुँ र धानको आयातमा कमी आएको विभागको तथ्याङ्क छ । गत वर्षको तुलनामा यो वर्ष गहुँ आयात ९६ प्रतिशतले कमी आएको छ भने मकै ४० प्रतिशत, धान ८७ प्रतिशत र चामल ३२ प्रतिशतले आयात घटेको छ । विभागका अनुसार सो तीन महिनाको अवधिमा चार अर्ब ९३ करोड ३२ लाख ५२ हजार रुपियाँ बराबरको चामल आयात भएको छ । अघिल्लो वर्ष सोही अवधिमा सात अर्ब २१ करोड ९८ लाख रुपैयाँको चामल आयात भएको थियो ।

यस्तै तीन महिनामा चार करोड ८५ लाख २१ हजार रुपैयाँको गहुँ आयात भएको छ । गत वर्ष सोही अवधिमा गत एक अर्ब ३१ करोड १६ लाख रुपैयाँको गहुँ आयात भएको थियो ।

अघिल्लो वर्षको साउनदेखि असोजसम्ममा पाँच अर्ब ६४ करोड २५ लाख रुपैयाँको मकै र ३८ करोड ७५ लाख ७२ हजार रुपियाँ बराबरको धान आयात भएको थियो । यस वर्षको सोही अवधिमा मकै तीन अर्ब ४० करोड ११ लाख ५१ हजार रुपैयाँ र दुई अर्ब ८८ करोड ९३ लाख रुपैयाँको धान आयात भएको छ ।

यसैगरी चालू आर्थिक वर्षको पहिलो तीन महिनामा एक करोड १३ लाख ५३ हजार रुपैयाँको तीन लाख ३८ हजार केजी कोदो र १८ करोड ८७ लाख २२ हजार रुपैयाँको ५५ लाख २८ हजार केजी अन्य खाद्यान्न आयात भएको छ । सो अवधिमा ६५ लाख रुपैयाँको जौ आयात भएको विभागको तथ्याङ्क छ । पोल्ट्री फार्मको दानाका लागि मकै बढी आयात हुने गर्छ ।

भारतले निर्यातमा प्रतिबन्ध गरेसँगै गहुँको आयातमा कमी भएको हो । रुस र युक्रेन युद्धका कारण देखाउँदै भारतले गहुँको निर्यातमा कडाइ गरेसँगै आयातमा उल्लेख्य कमी भएको हो । भारत सरकारले गत जेठ महिनादेखि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको हो । आजको गोरखापत्र दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहिबार  ७ : २८ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज