४ पुस २०८२, शुक्रबार | December 20, 2025

निर्वाचन नजिकिएसँगै सवारी साधन बुकिङ बढ्यो



काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै सार्वजनिक यातायातको माग बढेको छ । निर्वाचन आउन एक हप्ता समय बाँकी हुँदा काठमाडौँबाट विभिन्न गन्तव्यमा भोट हाल्न जानेहरुको सङ्ख्या बढेपछि टिकट बुकिङ बढेको हो ।

नेपाल यातायात व्यवसाय राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले निर्वाचनमा मतदाता गाउँसम्म लैजान बस बुकिङका लागि राजनीतिक दलका उम्मेदवार, नेता तथा कार्यकताएले धमाधम बुकिङ गरेको जानकारी दिए ।

“मतदातालाई गाउँमा भोट हाल्न लैजाने भन्दै विभिन्न पार्टीका नेता तथा उम्मेदवारले व्यवसायी र महासङ्घमा फोन गरेर बस बुकिङ गरिरहनुभएको छ”, उनले भने ।

महासङ्घले गतहप्ता निर्वाचनमा खटिएका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका लागि दुई सय ८५ बस उपलब्ध गराएको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  १२ : ३८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको