२ पुस २०८२, बुधबार | December 18, 2025

एकीकृत विकासको अवधारणामा अघि बढ्छौं : एमाले उपाध्यक्ष विष्णु पौडेल



बुटवल । पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विकासका लागि नयाँ अभ्यासको प्रयास गरिने बताएका छन् । उपाध्यक्ष पौडेलले अब नयाँ अभ्यासका रुपमा एकीकृत विकासको अवधारणा अघि सारिने बताएका छन् । आगामी मंसिर ४ को निर्वाचन लक्षित घरदैलको कार्यक्रम अन्तरगत रुपन्देहीको सैनामैनाका विभिन्न वडामा जनतासँग भेटघाट गर्दै उनले अब टुक्रे योजनाभन्दा पनि ती सबै आवश्यकताहरुलाई एकीकृत गरी योजनावद्ध विकास गरिने बताए ।

रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले भौतिक पूर्वाधारको विकाससँगै अव मानवीय विकास र रोजगार सिर्जनामा केन्द्रित हुने बताए । प्रत्येक जनताका घर परिवारको तथ्याङ्क संकलन गरी आवश्यकता अनुसार सीप तथा क्षमता विकास गरी रोजगारीको सिर्जना गरिने बताए । जनताले राख्ने गरेका पुल–पुलेसा, बाटो, खानेपाली, विद्युत तथा शिक्षा स्वास्थ्य लगायतका सबै आवश्यकताहरुलाई पूरा गर्नेगरी एकीकृत गुरुयोजना निर्माण गरेर व्यवस्थित सहरको बिकास गरिने उनले बताए ।

सिङ्गो रुपन्देहीलाई अन्य ठाउँबाट बिकास सिक्न आउने नमूनाका रुपमा विकास गर्ने आफ्नो योजना रहेको बताउँदै उनले जनतामा विकासको भोक पल्हाउन थालेको बताए । नेकपा एमालेको सरकार हुँदा सुरु गरिएका विकास आयोजनाहरुले जनतामा विकास भोक जनाएको बताउँदै उनले जनतामा विकास आवश्यकताहरु बारे खुलेर बोल्न सक्ने अवस्थाको विकास भएको उल्लेख गरे ।

बिकासको बारेमा पनि छलफल गरिदिनुस । हरेक विकास आयोजनाहरुमा जनताहरु समेत छलफलका लागि सहभागी हुन आग्रह गर्दै उनले ती योजनाहरु ठिक छ वा छैन भनि सुझाब प्रस्तुत गनै आग्रह गरे ।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ५ : ४१ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल