२२ मंसिर २०८०, शुक्रबार | December 8, 2023

विश्व मधुमेह दिवसमा बुटवलमा साइक्लोथन र वाकाथन हुँदै



बुटवल । बिश्व मधुमेह दिवसको अवसरमा बुटवलमा बिबिध कार्यक्रम गरि मधुमेह दिवस मनाइने भएको छ । केन डाइबेटिज एण्ड थाइराइड सेण्टरको संयोजन र बुटवलमा क्रियाशिल बिभिन्न संस्थाहरुको सहयोगमा सोमबार बुटवलमा कार्यक्रम सहित मधुमेह दिवस मनाउन थालिएको हो ।

दिवसकै अवसरमा सोमबार बिहान ६ बजे बुटवलको कालिकापथ स्थित उमानन्द मार्टबाट साइक्लोथनको प्रारम्भ हुनेछ भने ७ बजे केन सेण्टर शंकरनगरबाट वाकाथन शुरु हुने छ । युनाईटेड साइकल क्लवको संयोजनमा कालिकापथबाट साइक्लोथनको प्रारम्भ हुने मुख्य आयोजक क्यान सेण्टरका अध्यक्ष दिनेश कक्षपतिले बताए । उनले सोही समयमा लायन्स क्लव शंकरनगरको संयोजनमा केन सेण्टर शंकरनगरबाट पनि वाकाथन शुरु हुने जानकारी दिए ।

कक्षपतिका अनुसार साइक्लोथनले कालिकापथबाट गोलपार्क, ट्राफिकचौक, हिलपार्क, राजमार्ग चौराहा हुँदै होटल पौवामा केहीबेर विश्राम गरेर मणिग्राम हुँदै केन पुग्ने छ भने वाकाथनमा सहभागीहरुले क्यान शंकरनगरबाट ड्राइभर टोल , जानकीनगर, योगीकुटीबाट पुनः जानकीनगर हूँदै केनमा पुगेर समापन हुने छ ।

सन् २००६ देखि नोभेम्बर १४ लाई विश्व मधुमेह दिवसका रुपमा संयुक्त राष्ट्रसंघले आधिकारिकता दिन थालेको हो ।

मधुमेहको उपचारमा अहिलेसम्म सबैभन्दा प्रभावकारी देखिएको इन्सुलिनको आविष्कार गरेका सर फ्रेड्रिक बान्टिङको जन्मदिन १४ नोभेम्बरमा परेको दिनलाई नै मधुमेह दिवसकारुपमा मनाउन थालिएको हो । सर बान्टिङ र चाल्र्स बेस्टले सन् १९२२ मा पहिलो पटक संयुक्त रुपमा मधुमेह वा डायबेटिजको उपचारका लागि इन्सुलिनको आविष्कार गरेका थिए ।

जीवनशैली र वंशानुगत कारणले वर्षेनी विश्वभर लाखौँ मानिसहरु मधुमेहको शिकार बनिरहेका छन् ।

अहिले मधुमेह वा डायबेटिजको उपचार नेपालमा पनि सहज बन्न थालिसकेको छ । त्यसैले समयमा नै मधुमेहको पहिचान गरेर उपचार गर्ने हो भने हामीले पछि गम्भीर समस्याहरुबाट प्रताडित हुनु नपर्ने अध्यक्ष कक्षपतिले बताए।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ८ : ५१ बजे

लुम्बिनीमा नेपाल-भारत साँस्कृतिक उत्सव : भारत र चीनको पक्की पुल बन्न चाहन्छौं – मन्त्री किराँती

लुम्बिनी । सँस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराँतीले

Parliamentary Hearing Committee approves Sanil for ambassadorial post

Kathmandu: The Federal Parliament Hearing Committee on Friday unanimously approved

एनसेल खरिदबिक्री विरुद्ध अमरेशकुमार सिंहले गरे सर्वोच्चमा रिट दर्ता

काठमाडौं। एनसेलको शंकास्पद शेयर खरिद बिक्री प्रकरणविरुद्ध सांसद अमरेशकुमार सिंहले

आफू प्रधानमन्त्री रहेसम्म राष्ट्र र जनहित विपरीत कुनै काम हुन दिन्न : प्रचण्ड

सुदूरपश्चिम । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको अर्थतन्त्रको उन्नयनका

आलु, प्याज र स्याउमा भ्याट नलाग्ने

काठमाडौं । आन्तरिक राजस्व विभागले नेपालमै उत्पादन भएका आलु, प्याज,