१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

विश्व मधुमेह दिवसमा बुटवलमा साइक्लोथन र वाकाथन हुँदै



बुटवल । बिश्व मधुमेह दिवसको अवसरमा बुटवलमा बिबिध कार्यक्रम गरि मधुमेह दिवस मनाइने भएको छ । केन डाइबेटिज एण्ड थाइराइड सेण्टरको संयोजन र बुटवलमा क्रियाशिल बिभिन्न संस्थाहरुको सहयोगमा सोमबार बुटवलमा कार्यक्रम सहित मधुमेह दिवस मनाउन थालिएको हो ।

दिवसकै अवसरमा सोमबार बिहान ६ बजे बुटवलको कालिकापथ स्थित उमानन्द मार्टबाट साइक्लोथनको प्रारम्भ हुनेछ भने ७ बजे केन सेण्टर शंकरनगरबाट वाकाथन शुरु हुने छ । युनाईटेड साइकल क्लवको संयोजनमा कालिकापथबाट साइक्लोथनको प्रारम्भ हुने मुख्य आयोजक क्यान सेण्टरका अध्यक्ष दिनेश कक्षपतिले बताए । उनले सोही समयमा लायन्स क्लव शंकरनगरको संयोजनमा केन सेण्टर शंकरनगरबाट पनि वाकाथन शुरु हुने जानकारी दिए ।

कक्षपतिका अनुसार साइक्लोथनले कालिकापथबाट गोलपार्क, ट्राफिकचौक, हिलपार्क, राजमार्ग चौराहा हुँदै होटल पौवामा केहीबेर विश्राम गरेर मणिग्राम हुँदै केन पुग्ने छ भने वाकाथनमा सहभागीहरुले क्यान शंकरनगरबाट ड्राइभर टोल , जानकीनगर, योगीकुटीबाट पुनः जानकीनगर हूँदै केनमा पुगेर समापन हुने छ ।

सन् २००६ देखि नोभेम्बर १४ लाई विश्व मधुमेह दिवसका रुपमा संयुक्त राष्ट्रसंघले आधिकारिकता दिन थालेको हो ।

मधुमेहको उपचारमा अहिलेसम्म सबैभन्दा प्रभावकारी देखिएको इन्सुलिनको आविष्कार गरेका सर फ्रेड्रिक बान्टिङको जन्मदिन १४ नोभेम्बरमा परेको दिनलाई नै मधुमेह दिवसकारुपमा मनाउन थालिएको हो । सर बान्टिङ र चाल्र्स बेस्टले सन् १९२२ मा पहिलो पटक संयुक्त रुपमा मधुमेह वा डायबेटिजको उपचारका लागि इन्सुलिनको आविष्कार गरेका थिए ।

जीवनशैली र वंशानुगत कारणले वर्षेनी विश्वभर लाखौँ मानिसहरु मधुमेहको शिकार बनिरहेका छन् ।

अहिले मधुमेह वा डायबेटिजको उपचार नेपालमा पनि सहज बन्न थालिसकेको छ । त्यसैले समयमा नै मधुमेहको पहिचान गरेर उपचार गर्ने हो भने हामीले पछि गम्भीर समस्याहरुबाट प्रताडित हुनु नपर्ने अध्यक्ष कक्षपतिले बताए।

प्रकाशित मिति : २७ कार्तिक २०७९, आइतबार  ८ : ५१ बजे

बागमतीका मुख्यमन्त्रीले हानेपालाई सरकारमा भित्र्याए, शैलेन्द्रमान बने भौतिक पूर्वाधारमन्त्री

काठमाडौं । बागमती प्रदेशमा नेकपा र नेकपा (एमाले)बीच सत्ता साझेदारीमा

विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए

विराटनगर । मोरङको विराटनगर नाका भइ आर्थिक वर्ष २०८२/८३ मा

बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले छलफललाई

सुनसरी घटनाको निष्पक्ष छानबिन गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले सुनसरीसहित देशका विभिन्न स्थानमा भएका तनावपूर्ण

प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सत्तारुढ दल राष्ट्रिय