रुपन्देही । नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले जनमतको अनाधर गर्दै अदालतमा गएर फरक दलको नेतालाई प्रधानमन्त्री बनाई पाउँ भनी विन्ति विसाउनेहरु अहिले मत मागिरहेको बताएका छन । उनले आफनै दलको प्रधानमन्त्रीलाई विश्वासको मत नदिने तर अहिले भने विधि र प्रक्रियाको कुरा गरेर नागरिकलाई छल गरिरहेको आरोप लगाए ।
रुपन्देहीको देवदह नगरपालिका ५, मा नेकपा एमाले, राप्रपा र जसपाको संयुक्त घरदैलोको क्रममा भएको कोणसभामा बोल्दै उनले उक्त कुरा बताएका हुन । रुपन्देही क्षेत्र नम्वर १, प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहनु भएका नेता विश्वकर्माले समृद्ध राष्ट् निर्माणको लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको दावी गरे ।
उनले राष्ट् र राष्ट्यिताको लागि मंसीर ४ पछि एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बहुमतको सरकार गठन हुने बताए । उनले रुपन्देहीको क्षेत्र नम्वर १, को विकासको लागि र्दीकालिन योजना अगाडि सारेपनि गठबन्धन सरकारले बजेट कटौती गर्दा ओझेलमा परेको आरोप लगाए । उनले एमाले सरकारले अगाडि सारेको स्वास्थ्य बिमा कार्यक्रम अगाडि सारेपनि गठबन्धन सरकारले वेवास्ता गर्दा प्रभावकारी हुन नसकेको बताए । पुर्वमन्त्री समेत रहेका नेता विश्वकर्माले मंसीर ४ पछि एमालेको नेतृत्वमा सरकार गठन भएपछि सामाजिक सुरक्षा भत्ता ५ हजार पुर्याउने दावी गरे । उनले एमालेको सरकारले नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै एक पालिका, एक अस्पतालको अवधारण अगाडि सारेको बताए । उनले एमालेको नेतृत्वमा बन्ने सरकारले मात्र सुम्वासी तथा अव्यवस्थित बसोवासको समस्या समाधान गर्ने दावी गरे । नेता विश्वकर्माले रोहिणी नदीलाई राष्ट्यि योजनाको रुपमा अगाडि सारेर पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने बताए । उनले यस क्षेत्रलाई उत्तर र दक्षिण जोड्नको लागि सडक निर्माणको काम अगाडि बढाएको बताए । उनले नागरिकले दिएको सुझाव र जनताको चाहना अनुसार विकास निर्माणको कामलाई तिव्रता दिने बताउदै अधुरा कामहरुलाई पुर्णता दिने दावी गरे ।
नेता विश्वकर्माले कम्यूनिष्ट आन्दोलनलाई वीचमै छोडेर भाग्नेहरुले देशको विकास गर्छु भन्ने कुरा नागरिकलाई ढाट्ने काम वाहेक केही नभएको आरोप लगाए । उनले सत्ता गठबन्धनले उम्मेदवार समेत नपाएको बताउदै स्वतन्त्रलाई लिएर अगाडि बढेको अवस्थामा आफु मात्र यस क्षेत्रको साझा उम्मेदवार रहेको दावी गरे ।
सोही अवसरमा बोल्दै क्षेत्र नम्वर १(१) प्रदेश सभा सदस्यका उम्मेदवार तथा राप्रपाका नेता आशिष चौधरीले यस क्षेत्रमा नेपाली काग्रेसले धेरै बर्ष जितेपनि केही विकास गर्न नसकेको बताए । उनले राष्ट् र राष्ट्यिता बचाउनको लागि नेकपा एमाले, राप्रपा र जसपा वीच चुनावी तालमेल गरेको बताए । घरदैलो कार्यक्रममा नेकपा एमाले, राप्रपा र जसपाका नेता, कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।



















प्रतिक्रिया