२१ माघ २०८२, बुधबार | February 5, 2026

बारा-१ मा मन्त्री चौधरी र एमालेका मैनालीबीच रोचक प्रतिस्पर्धा



इन्दिप कोइराला

बारा । प्रतिनिधिसभा सदस्य पदका लागि बारा १ मा कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरी र एमाले पोलिटब्युरो सदस्य अच्युतप्रसाद मैनालीबीच तीव्र प्रतिस्पर्धा हुने भएको छ । चारवटा निर्वाचन क्षेत्र रहेको बारामा ४ प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्य पदमा चुनाव हुँदैछ ।

बहालवाला खानेपानी मन्त्रीसमेत रहेका चौधरी वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारका रूपमा चुनावी मैदानमा छन् भने एमाले र जसपा तालमेलबाट मैनाली चुनावी प्रतिस्पर्धामा होमिएका छन् । यस क्षेत्रबाट तीनपटक विजयी हासिल गरिसकेका चौधरी चौथो पटक जित निकाल्ने प्रयासमा छन् । यसअघि २०७४ मा चौधरीसँग २४ सय २० मतले पराजित भएका मैनाली यसपटक आफ्नो साख फर्काउने ध्याउन्नमा छन् ।

चौधरीमाथि पटक पटक विजयी भए पनि क्षेत्रको विकासमा कुनै काम नगरेको भन्दै मतदाताले आक्रोशित छन् ।  मन्त्री चौधरीले गाउँपालिका र नगरपालिकाका सबै वडालाई व्यवस्थित सडक सञ्जाल, खानेपानी, सिँचाइ, सुकुम्बासी समस्या समाधानलगायतका प्रतिबद्धता जनाउने गरेका छन् ।

मन्त्री बन्दासमेत देखिने र जनताको समस्या हल गर्ने खालका काम नगरेको आरोपकाबीच मन्त्री चौधरीले थारु समुदायको बाहुल्यता रहेको क्षेत्र नं. १ मा आफ्नो जितमा कसैले रोक्ने नसक्ने दावी गरेका छन् । ०७४ को निर्वाचनमा विश्वास गरेकाहरूले अहिले पनि आफूलाई जिताउने र विकासको लहर ल्याउन बाटो खोल्नेमा आफू ढुक्क रहेको उनले बताएका छन् ।

यता शिक्षा, स्वास्थ, यातायात, भौतिक पूर्वाधार, सुकुम्बासी समस्या समाधान, पर्यटन प्रवर्द्धन, खेलकुद, चुरे तथा नदी नियन्त्रण, सिम्रौनगढको विकासलगायतका एजेन्डा लिएर घरदैलोमा एमाले उम्मेदवार मैनाली चुनावी दौडमा स्त छन् । जनताको मन जितेर चुनावमा जित हासिल गर्ने दाबी गर्दै यस क्षेत्रका मतदाताले गठबन्धनको नाममा बढ्दो राजनीतिक विकृती तथा अराजनीतिक गतिविधिलाई अन्त्य गरी विकास र परिवर्तनका लागि एमालेलाई जनताले जिताउनेमा पूर्ण विश्वस्त रहेको मैनालीको भनाइ छ ।

बारा १ मा सबैभन्दा बढी मतदाता छन् । यस क्षेत्रमा कुल एक लाख १९ हजार ३ सय ७५ मतदाता छन् । जसमध्ये पुरुष ६३ हजार ४ सय ६४, महिला ५५ हजार ९ सय ६ र अन्य ५ मतदाता छन् । यस क्षेत्रका लागि ८६ मतदानस्थलमा एक सय ५५ मतदान केन्द्रको व्यवस्था गरिएको छ । प्रतिनिधिसभाका निम्ति राजनीतिक दलबाट १२ र स्वतन्त्र ६ गरी १८ जना चुनावी मैदान उत्रिएका छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  १२ : १२ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता