३ पुस २०८२, बिहिबार | December 19, 2025

प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुरामा सुरक्षा व्यवस्था कडा



डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्लामा दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीलाई निर्वाचनका लागि परिचालन गरिएको छ ।

“तीनवटा घेरा बनाएर सुरक्षा व्यवस्था मिलाएका छौँ”, उनले भने, “मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा सेनाले सुरक्षा दिइरहेका छन् ।”

प्रजिअ जोशीका अनुसार निर्वाचनका बेला मोबाइल टोली पनि परिचालन गनेछ भने ‘रिजर्भ टिम’ पनि तयार पारिएको छ । “रिजर्भ टिम आवश्यकताअनुसार मात्रै परिचालन हुनेछ”, उनले भने ।

डडेल्धुरामा एक सय एक मतदानस्थल छन् । जसमध्ये २३ वटा अति संवेदनशील, ४१ संवेदनशील र ३७ सामान्यमा वर्गीकरण गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री र सुरक्षाकर्मीसहित कर्मचारी पुगिसकेका छन् ।

“कर्मचारी मतदान केन्द्रमा पुगेर सर्वदलीय बैठक पनि भइसकेको छ”, उनले भने, “बुथ निर्माणको कार्य पनि सुरु भइसकेको छ । भोलिसम्म सबै तयारी सकिन्छ ।”

एउटा मतदान केन्द्रमा म्यादी प्रहरीसहित सात देखि १२ जना सुरक्षाकर्मी र आठजना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

डडेल्धुरामा प्रतिनिधिसभातर्फ प्रधानमन्त्री देउवासहित आठजना उम्मेदवार छन् । यस्तै दुई प्रदेशसभा सदस्यका लागि १२ जना उम्मेदवार छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७९, शनिबार  १२ : १३ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको