४ पुस २०८२, शुक्रबार | December 19, 2025

मतदानको निर्धारित समय सकियो

मतदानस्थलभित्र ५ बजेअघि नै प्रवेश गरेकाले अझै मतदान गर्न पाउने



काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदानको निर्धारित समय सकिएको छ ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सकिएको हो । यद्यपी, मतदानस्थलभित्र ५ बजेअघि नै प्रवेश गरेका मतदाताले भने मतदान गर्न पाउनेछन् । यसैगरी केही स्थानमा झडप भएका कारण रोकिएको मतदानको समय पनि थप गरिएको छ ।

निर्वाचन आयोगले देशभर छिटपुट घटनाबाहेका शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जनाएको छ । तर, आयोगले दाबी गरेअनुसार मतदाताको उत्साहपूर्वक उपस्थिति भने मनाङ र मुस्ताङ जिल्लामा बाहेक अन्त देखिएन । आयोगले देशभर ७० प्रतिशत मतदान हुने दाबी गरेको थियो ।

निर्वाचन सम्पन्न भएका क्षेत्रमा आजै रातिबाट मतगणना हुने आयोगले जनाएको छ । काठमाडौं लगायत तराईका जिल्लामा आजै रातिबाट मतगणना कार्य सुरु हुने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जनाएका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ५ : १४ बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा