२२ माघ २०८२, बिहिबार | February 5, 2026

मतदानको निर्धारित समय सकियो

मतदानस्थलभित्र ५ बजेअघि नै प्रवेश गरेकाले अझै मतदान गर्न पाउने



काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदानको निर्धारित समय सकिएको छ ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सकिएको हो । यद्यपी, मतदानस्थलभित्र ५ बजेअघि नै प्रवेश गरेका मतदाताले भने मतदान गर्न पाउनेछन् । यसैगरी केही स्थानमा झडप भएका कारण रोकिएको मतदानको समय पनि थप गरिएको छ ।

निर्वाचन आयोगले देशभर छिटपुट घटनाबाहेका शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जनाएको छ । तर, आयोगले दाबी गरेअनुसार मतदाताको उत्साहपूर्वक उपस्थिति भने मनाङ र मुस्ताङ जिल्लामा बाहेक अन्त देखिएन । आयोगले देशभर ७० प्रतिशत मतदान हुने दाबी गरेको थियो ।

निर्वाचन सम्पन्न भएका क्षेत्रमा आजै रातिबाट मतगणना हुने आयोगले जनाएको छ । काठमाडौं लगायत तराईका जिल्लामा आजै रातिबाट मतगणना कार्य सुरु हुने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जनाएका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आइतबार  ५ : १४ बजे

लायन्स क्लब अफ बुटवल लालीगुराँसको आयोजनामा बृहत स्वास्थ्य शिविर सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल लालीगुँरासले विहिबार बुटवलको नरैनापुुरमा

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार)

काठमाडौं-४ को क्रमशः तातेको चुनावी माहोल

काठमाडौं । “युवाका लागि अवसर सिर्जना हुनुपर्छ । शिक्षा र

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद