४ पुस २०८२, शुक्रबार | December 19, 2025

मतगणनास्थल नजिकै खुकुरी प्रहार गरि युवकको हत्या



बुटवल । पश्चिम नवलपरासीको क्षेत्र नं १ को मतगणना भइरहेको बर्दघाट नगरपालिका नजिकै मङ्गलवार राति एक युवकको खुकुरी प्रहार गरी हत्या भएको छ भने एक महिला घाइते भएकी छन् ।

मृतक, घाइते र खुकुरी हान्नेको पहिचान खुलेको छैन । इलाका प्रहरी कार्यालय बर्दघाट प्रहरीका अनुसार खुकुरी प्रहार गरिएका करिब ४४/४५ वर्षका ती युवकको घटनास्थलमै मृत्यु भएको छ भने घाइते महिलालाई गम्भीर अवस्थामा उपचारका लागि अस्पताल पठाइएको छ ।

इलाका प्रहरी कार्यलय बर्दघाटले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । घटना घटेको स्थानमा गैडाकोट लेखेका केही कार्ड भेटिए पनि अरू केही खुलेको छैन । मतगणनास्थलबाट करिब १ सय मिटरको दुरीमा सो घटना भएको हो ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ७ : २० बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा