५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

काठमाडौंको सिनामंगलमा असई बाबुले गरे चार महिने छोराको हत्या



काठमाडौं । काठमाडौंको सिनामंगलमा पारिवारिक विवादकाबीच एक असईले आफ्नै चार महिनाका छोराको हत्या गरेका छन्।

डोटी घर भएका २९ वर्षीय प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आइतबार अपरान्ह आफ्ना चार महिनाका छोरा माहिर कार्कीको हत्या गरेको पुष्टि भएको छ।

घटना उनीहरू बस्ने डेरा कोठामै भएको हो। छोराको उपचारका विषयमा विवाद उत्पन्न भएपछि झगडा चर्किएको र सो क्रममा कार्कीले श्रीमती विष्णा साउदलाई समेत धारिलो हतियारले कुटपिट गरेका थिए । त्यसक्रममा उनले छोराको ज्यान लिएको प्रहरीले जनाएको छ।

श्रीमान–श्रीमती दुवै प्रहरी रहेको खुलेको छ। श्रीमती विष्णा प्रहरी जवान हुन् र दुवै जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा कार्यरत थिए।

घटनापछि फरार भएका अभियुक्त कार्कीलाई प्रहरीले साँझ झण्डै ६ बजेतिर नागढुंगा चेकपोस्टबाट पक्राउ गरेको थियो । घाइते विष्णाको अहिले नेपाल प्रहरी अस्पतालमा उपचार हुँदैछ।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  १२ : ०२ बजे

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजार भन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ । बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल

पाकिस्तानका हुसेनले तलतले कर्णाली ‘याक्स’बाट एनपिएल खेल्ने

काठमाडौं । पाकिस्तानका ‘अलराउन्डर’ हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल)को

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को

काठमाडौं । नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा

मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी