२२ भदौ २०८३, सोमबार | September 7, 2026

काठमाडौंको सिनामंगलमा असई बाबुले गरे चार महिने छोराको हत्या



काठमाडौं । काठमाडौंको सिनामंगलमा पारिवारिक विवादकाबीच एक असईले आफ्नै चार महिनाका छोराको हत्या गरेका छन्।

डोटी घर भएका २९ वर्षीय प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आइतबार अपरान्ह आफ्ना चार महिनाका छोरा माहिर कार्कीको हत्या गरेको पुष्टि भएको छ।

घटना उनीहरू बस्ने डेरा कोठामै भएको हो। छोराको उपचारका विषयमा विवाद उत्पन्न भएपछि झगडा चर्किएको र सो क्रममा कार्कीले श्रीमती विष्णा साउदलाई समेत धारिलो हतियारले कुटपिट गरेका थिए । त्यसक्रममा उनले छोराको ज्यान लिएको प्रहरीले जनाएको छ।

श्रीमान–श्रीमती दुवै प्रहरी रहेको खुलेको छ। श्रीमती विष्णा प्रहरी जवान हुन् र दुवै जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा कार्यरत थिए।

घटनापछि फरार भएका अभियुक्त कार्कीलाई प्रहरीले साँझ झण्डै ६ बजेतिर नागढुंगा चेकपोस्टबाट पक्राउ गरेको थियो । घाइते विष्णाको अहिले नेपाल प्रहरी अस्पतालमा उपचार हुँदैछ।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  १२ : ०२ बजे

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११

भरतपुर-काठमाडौं उडानमा यात्रुको उच्च चाप

चितवन । पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

नुवाकोट । भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा