४ पुस २०८२, शुक्रबार | December 19, 2025

लमजुङमा पृथ्वी र देवबीच कडा टक्कर, २६ हजार मत गन्न बाँकी हुँदा दुवै पक्षको ढुकढुकी बढ्दै



लमजुङ । लमजुङमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङबीच कडा टक्कर देखिएको छ ।
निरन्तर लिड गर्दै आएका पृथ्वीसँगको मतान्तर देव गुरुङले घटाउँदै लगेकाछन् ।

क्व्होलासोंथर, दुधपोखरी र दोर्दी गाउँपालिका, मध्यनेपाल, राइनास र सुन्दरबजार नगरपालिकाको मतगणना सकिँदा देवभन्दा पृथ्वीसुब्बा ३ सय ८ मतले अगाडि छन् ।

पृथ्वीसुब्बाले २२ हजार ४३८र देवप्रसादले २२ हजार १३० मत पाएका छन् ।

कूल ८० हजार ९ सय १७ मत खसेकोमा ५३ हजार ५ सय १२ मत गणना भइसकेको जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाले बताए ।

यद्यपी, राइनास र सुन्दरबजार नगरपालिकाबाट सोचे जति मत नआएको माओवादीले जनाएको छ । अझै पनि करिब २६ हजार मत गन्न बाँकी रहेको छ । बेसीसहर नगरपालिका र मर्स्याङ्दी गाउँपालिकाको मतगणना बाँकी छ । यी दुवै ठाउमा स्थानीय चुनावमा सत्ता गठबन्धन पराजित भएको थियो । तर देव गुरुङका आफन्तहरु यहाँ बढी भएका कारण उनी पक्ष आशावादी देखिएको छ । यस्तै, आफैले पालिका जितेको स्थान भएपनि सोचे जति मत नआउने हो कि भन्दै पृथ्वीपक्ष पनि तनाबमा रहेको छ ।

दुईमध्ये कस्ले चुनाव जित्छ भन्ने दुवैपक्षले अझै पनि सहजै आँकलन गर्न सकेका छैनन् ।

 

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  १० : ५७ बजे

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका