४ पुस २०८२, शुक्रबार | December 19, 2025

रुपन्देही-४ बाट लोसपा सर्वेन्द्रनाथ शुक्ला विजयी



भैरहवा । रुपन्देहीको क्षेत्र नम्बर ४ प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला विजयी भएका छन् ।

५ हजार २ सय ९६ मतान्तरले  नेपाली कांग्रेसका प्रमोद यादवलाई पछि पार्दै शुक्ला विजयी बनेका हुन् । १३ जना उम्मेदवार रहेको क्षेत्र नम्बर ४ बाट शुक्ला २८ हजार मत ल्याई विजयी बनेका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रमोद यादवले २२ हजार ७ सय ४ मत ल्याएका छन् भने तेस्रो स्थानमा जनमत पार्टीका भोपेन्द्र यादवले १५ हजार ५ सय २६ मत ल्याए ।

विजयी भएपनि निर्वाचन कार्यालयले घोसणा गरेको छैन । २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका प्रमोद कुमार यादवले शुक्ललाई पराजित गरेका थिए । अहिले शुक्लले प्रमोद यादवलाई पराजित गरेका छन् ।

निर्वाचन क्षेत्र नम्बर ४ मा १ लाख १० हजार ६ सय ५९ मतदाता रहेकोमा ७७ हजार ६४ जनाले मताधिकार प्रयोग गरेका थिए । प्रत्यक्ष तर्फ भने प्रतिनिधी सभामा ७६ हजार ६ सय ७५ जनाले मत हालेका थिए ।

यस्तै प्रदेश सभा सदस्यमा १ मा लोसपाकै कन्हैया यादव १५ हजार १ सय ५५ मत ल्याई विजयी बनेका छन भने प्रदेश सभा २ मा नेपाली कांग्रेसका बसिउद्दीन खाँ ११ हजार ३ सय ५ मत ल्याई विजयी भइसकेका छन् । प्रत्यक्ष तर्फको निर्वाचन पछि अब समानुपतिकतर्फको मतगण्ना सुरु हुनेछ ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ८ : २२ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको