२१ माघ २०८२, बुधबार | February 5, 2026

प्रचण्डको चेतावनी – परिवर्तन उल्ट्याउने प्रयास सफल बनाउन दिइनेछैन



गोराखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समयमै राजनीतिक नेतृत्वले गम्भीर आत्मसमीक्षा गर्न जरुरी रहेको बताएका छन् ।

शुक्रबार गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित भएको प्रमाण पत्र लिइसकेपछि आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेतृत्वले अब पनि आत्मसमीक्षा नगर्ने हो भने देश अप्ठेरोमा पर्नसक्ने चेतावनी दिए ।

प्रचण्डले निर्वाचनको क्रममा विचार सिद्धान्त, मुद्दा, एजेन्डा भन्दा पनि आवगेमा देशलाई र भावावेशमा मानिसलाई भ्रमित पार्न खोजिएको टिप्पणी गरे । ‘संविधानले व्यवस्था गरेको लोकतान्त्रिक प्रतिनिधित्व तथा सिंहदरबारको अधिकार प्रदेश तथा स्थानीय तहमा पुगेका कुराहरूलाई उल्टाउने कतै न कतैबाट चेष्टा भइरहेको छ’, उनले भने, ‘कसैलाई दोष र आलोचना र आरोपतिर जाँदै छैन, यो हाम्रा लागि चुनौती हो ।’

राजनीतिक दल र नेताहरुले यस परिस्थितिबारे एकचोटी आफैतिर फर्किएर फर्किएर सोच्नुपर्ने अवस्था आइलागेको उनले बताए । ‘अहिलेसम्मको उपलब्धिलाई उल्ट्याउने प्रयासविरुद्ध सबैलाई साथ दिन अपिल गर्छु । यसअघि दुर्घटनामा जाने हो भन्ने अवस्थामा पुगिसकेको थियो । हामीले गम्भीर बहस र आन्दोलनले देशलाई दुर्घटनामा जानबाट जोगायौँ,’ उनले भने, अब पनि सतर्क नहुने हो भने देश संकटमा फस्छ । ७५ वर्षदेखि प्राप्त गरेको ‘लोकतान्त्रिक अधिकारको रक्षा’ र गाउँ र नगरको सिंहदरबारलाई उल्टाउने चेष्टालाई सफल हुन नदिने उने स्पष्ट पारे ।

प्रचण्डले गठबन्धन दलहरू बीचको बहस र आन्दोलनले देशलाई दुर्घटनामा जानबाट जोगाएको दाबी समेत गरे । अध्यक्ष प्रचण्डले निर्वाचनमा गठबन्धनले सोचेजस्तो परिणाम नआएको पनि बताएका छन् । उनले यस विषयमा गठबन्धनमा सामेल दलहरुबीच छलफल गर्नेसमेत उल्लेख गरे ।

प्रचण्ड गोरखा २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । उनले आजै निर्वाचित भएको प्रमाणपत्र बुझेका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार  २ : ५० बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता