१० चैत्र २०८२, मंगलबार | March 24, 2026

बारामा एमाले ठूलो दल, कांग्रेस र माओवादी ‘निल’



बारा । चार निर्वाचन क्षेत्र रहेको बारामा प्रतिनिधिसभातर्फ दुई वटामा नेकपा एमाले, एकमा जसपा र एकमा नेकपा एकिकृत समाजवादी विजयी भएको छ । यसैगरी आठ प्रदेशसभा मध्ये चार वटामा एमाले र दुई वटामा जसपा जित निकाल्दा लोसपा र स्वतन्त्रले एक/एक क्षेत्रमा विजय प्राप्त गरेका छन् ।

प्रतिनिधिसभातर्फ बारा क्षेत्र नं. १ र ३ मा एमाले, क्षेत्र नं। २ मा जसपा र क्षेत्र नं. ३ ४ मा एकिकृत समाजवादीका उम्मेदवार निर्वाचित भएका छन् । यसैगरी प्रदेशसभातर्फ १(१), ३ (१), ३(२) र ४९२० मा एमालेका उम्मेदवार  विजयी भएका छन् ।

एमालेसंग चुनावी तालमेल गरेको जसपाले १(२) र २(२) को प्रदेशसभामा जित हात पारेको छ । एमाले र जसपाले बाराको चारमध्ये तीन वटा निर्वाचन क्षेत्रमा तालमेल गरेको थियो भने एउटामा मित्रवत प्रतिस्पर्धा गरेको थियो ।

एमाले र जसपाबाहेक प्रदेशसभातर्फ लोकतान्त्रिक समाजवादी पार्टीले क्षेत्र नं. ४(२) मा जित हात पारेको छ भने क्षेत्र नं। २(१) मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

अन्तिम मतपरिणाम अनुसार बारामा एमाले ठुलो दल बनेको छ । प्रतिनिधिसभा र प्रदेशसभातर्फको १२ सिटमध्ये एमालेले ६ सिटमा जित हात पारेको छ भने जसपाले तीन, लोसपा र स्वतन्त्रले एक/एक सिट जितेका छन् ।

बारामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र शुन्य देखिएको छ । सत्तारुढ गठबन्धनबाट बाराको ४(२) मा लोसपाका जितेन्द्र सोनल निर्वाचित हुँदा अन्य सबै उम्मेदवार पराजित हुन पुगेका छन् ।

यी हुन् बाराबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित उम्मेदवारः

बारा क्षेत्र नं. १

प्रतिनिधिसभा अच्युत मैनाली (एमाले)
प्रदेशसभा १(१) : त्रिलोकी चौधरी (एमाले)
प्रदेशसभा १(२) : सरोज कुमार यादव (जसपा)

बारा क्षेत्र नं. २

प्रतिनिधिसभा : रामसहाय यादव (जसपा)
प्रदेशसभा २(१) : सारदा संकर कलवार (स्वतन्त्र)
प्रदेशसभा २(२) : बच्चा राउत अहिर (जसपा)

बारा क्षेत्र नं। ३

प्रतिनिधिसभा : ज्वालाकुमारी साह (एमाले)
प्रदेशसभा ३(१) : रविन्द्रदास श्रेष्ठ (एमाले)
प्रदेशसभा ३(२) : महम्मद समिर (एमाले)

बारा क्षेत्र नं. ४

प्रतिनिधिसभाः कृष्णकुमार श्रेष्ठ (एकिकृत समाजवादी)
प्रदेशसभा ४(१)  :  देवनारायण चौधरी (एमाले)
प्रदेशसभा ४(२) : जितेन्द्र सोनल (लोसपा)

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ११ : १९ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण