३ भदौ २०८३, बुधबार | August 19, 2026

एक महिनामै ६ लाखले घटे मोबाइल प्रयोगकर्ता



काठमाडौं । एक महिनाकै अन्तरमा करिब छ लाख मोबाइल प्रयोगकर्ता घटेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार गत असारको तुलनामा साउनमा पाँच लाख ८० हजारभन्दा बढी मोबाइल प्रयोगकर्ता घटेको पाइएको हो ।

प्राधिकरणका अनुसार असारसम्म नेपालमा मोबाइल प्रयोग गर्नेको सङ्ख्या चार करोड सात लाख ९३ हजार थियो । सो सङ्ख्या घटेर साउनमा चार करोड दुई लाख १० हजारमा सीमित भएको छ । मोबाइल प्रयोगकर्ताको यो सङ्ख्यामा सीडीएमए प्रयोगकर्ता जोडिएको छैन । यो केवल जीएसएम मोबाइल प्रयोगकर्ताको मात्र सङ्ख्या हो ।

सेवा प्रदायकले लामो समय प्रयोगविहीन रहेका मोबाइल सिमकार्डलाई निष्क्रिय बनाउँदा प्रयोगकर्ताको सङ्ख्या तथ्याङ्कमा घट्ने गरेको छ । प्राधिकरणले एक वर्षसम्म प्रयोग नभएका सिमकार्ड सेवा प्रदायकले निष्क्रिय बनाउन सक्ने व्यवस्था लागू गरेको छ ।

प्राधिकरणका अनुसार कुल मोबाइल प्रयोगकर्तामध्ये नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्नेको सङ्ख्या दुई करोड सात लाख नाघेको छ । त्यस्तै एनसेलको सिमकार्ड प्रयोग गर्नेको सङ्ख्या एक करोड ७१ लाखमाथि छ । स्मार्ट टेलिकमले करिब २४ लाख सिमकार्ड बिक्री गरेको छ ।

घटेका मोबाइल प्रयोगकर्तामध्ये अधिकांश नेपाल टेलिकमका ग्राहक छन् । असारसम्म टेलिकमले दुई करोड १३ लाख ७७ हजार सिमकार्ड बिक्री गरेकामा साउनमा यो सङ्ख्या घटेर दुई करोड सात लाखमा सीमित भएको छ । टेलिकमका मात्रै उक्त अवधिमा छ लाख ७४ हजारभन्दा धेरै ग्राहक घटेका छन् ।

उक्त अवधिमै एनसेलका प्रयोगकर्ता बढ्दा समग्रमा एक महिनामा मोबाइल प्रयोगकर्ताको सङ्ख्या छ लाखले घटेको देखिएको हो । आजको गोरखापत्र दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ७ : २० बजे

चार महिनामा ११ हजार सरकारी कर्मचारी सतर्कता केन्द्रको कारबाहीमा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

काठमाडौं । भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा अघि बढेको छ

गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा

गण्डकी । भारतका स्थलसेनाध्यक्ष धीरज सेठले भारत–नेपाल सैनिक सम्बन्ध ऐतिहासिक

बागमतीमा राप्रपाको समर्थन पाएपछि मुख्यमन्त्रीमा किरण थापामगरको दाबी

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का किरण थापामगरले दाबी

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा ढुण्डीराज पौडेल

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्राडा ढुण्डीराज पौडेल