१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

पर्वतमा जिपलाइनबाट साइकलयात्रा



पर्वत । विश्व साइकलयात्री अजित बरालले पर्वतमा सञ्चालित जिपलाइनमा पहिलोपटक साइकल कुदाएका छन । कुश्मास्थित जिपलाइनमा उनले मङ्गलबार साइकल कुदाएका हुन ।

जिपलाइनमा साइकल कुदाउने काम पहिलो भएको बराल बताउछन । “अहिलेसम्म जिपलाइनमा साइकलबाट कसैले पनि यात्रा गरेको छैन”, उनले भने । साइकल हावामा कुदाएको जस्तो अनुभव भएको बरालले बताए ।

पर्यटकीय सहर पोखराको लेकसाइडका बासिन्दा ३४ वर्षीय बरालले १० वर्षकै उमेरमा पोखराबाट काठमाडौंसम्म साइकलबाट यात्रा गरेपछि उनलाई साइक्लिङको नसा चढेको हो । त्योबेला पोखराबाट चार दिनमा काठमाडौं पुगेपछि साइकलबाट यात्रा गरेरै बरालले विश्व घुम्ने योजना बनाए । बरालले अहिलेसम्म विश्वका ७१ देशको साइकलबाटै यात्रा गरेका छन ।

बराल साइकल लिएर प्याराग्लाइडिङ, तिलिचो तालबाट कास्कीको सिक्लेसमा रहेको कपुचे ताल, कुरीडाँडा र लमजुङको दूधपोखरी पनि साइकलमा नै पुगेका छन । उनले एकै दिन साइकलबाट तीन सय किलोमिटर यात्रा तय गरेका छन ।

साहसिक पर्यटनका लागि नेपालकै पहिलो रोजाइको गन्तव्य बन्दै गएको पर्वतको कुश्मामा एकपछि अर्को साहसिक र रोमाञ्चक खेल थपिने क्रम जारी छ ।

बरालको जिपलाइनमा गरेको साइकलयात्राले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने जिपलाइनका कार्यकारी निर्देशक सुनिल बानियाँको विश्वास छ ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार  ८ : २० बजे

यस्तो छ नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

काठमाडौँ । नेपालको ४३औँ प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन) नियुक्त हुनुभएको

शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीको शपथको तयारी

काठमाडौं । राष्ट्रपति भवन, शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीको पद तथा

सुनको मूल्य ४ हजार ६ सयले घट्यो, चाँदीको मूल्यमा पनि सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको

रास्वपाद्वारा १० मन्त्रीको टुंगो, गृहमन्त्री बन्नेभए सुदन गुरुङ

काठमाडौं । अन्ततः बालेन्द्र शाहको अडान र सुदन गुरुङको दबाबबाट

बालेन्द्र शाह ४३औँ प्रधानमन्त्री नियुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं संसदीय