२१ माघ २०८२, बुधबार | February 4, 2026

सुनसरी-४ को मतगणना रोचक मोडमा, कुसियैतसँग कार्कीको २७ को मात्र मतान्तर



काठमाडौं । सुनसरी क्षेत्र नम्बर(४ को मतगणना रोचक मोडमा पुगेको छ ।

मतगणनाको क्रममा नेपाली कांग्रेसका उम्मेदवार एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमालेका जगदिशप्रसाद कुसियैतबीच काँटेका टक्कर चलिरहेको छ ।

निकै तिब्र प्रतिस्पर्धा भैरहेको यस क्षेत्रमा कुनै बेला कार्की अघि देखिएका छन् भने कुनैबेला कुसियैत ।

आज बिहान कुसियैतले कार्कीलाई ८२ मतले पछि पारेका थिए । अहिले कार्कीले मतान्तर घटाउँदै २७ मा झारेका छन् ।

सँग मतान्तर घटाउँदै लगेका छन् । कुसियैतले २९ हजार ९६६ मत पाएका छन् भने कार्कीले २९ हजार ९३९ मत ल्याएका छन् । मतगणना सकिन लाग्दा कुसियैतले यो झिनो अग्रतालाई कायम राख्न सके भने उनी नै विजयी बन्नेछन् । एमालेलाई जनता समाजवादी पार्टीको समर्थन रहेको छ ।

मतगणनामा एमाले उम्मेदवारको पक्षमा धेरै मत लेखिएको भन्दै कार्कीले आपत्ति जनाएपछि दुई दिन यहाँको गणना स्थगित भएको थियो । पछि निर्वाचन आयोगको निर्देशनपछि हिजोबाट मतगणनाप पुन सुचारु भएको थियो ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ८ : ३९ बजे

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता

गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’

गुल्मी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमण सकेर आज

एमाले उपाध्यक्ष पौडेलद्वारा राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष केसीकी धर्मपत्नीको स्वास्थ्य अवस्थाबारे लिए जानकारी

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय

स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधानका लागि अर्थमन्त्रालयसँग बजेट माग

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले राष्ट्रिय स्वास्थ्य