२९ मंसिर २०८२, सोमबार | December 15, 2025

बाजुरामा मतगणना सुरू



काठमाडौं । बाजुरामा बिहीबार अपराह्नदेखि मतगणना सुरु भएको छ ।

बिहीबार बसेको सर्वदलीय बैठकको निर्णयअनुसार मतगणना सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

गत मंसिर ४ गते भएको आम निर्वाचनका क्रममा भएको विवादका कारण हालसम्म मतगणना कार्य सुरू हुन सकेको थिएन। निर्वाचन आयोगको टोलीले निर्वाचनका क्रममा भए गरेका घटनाबारे जाँचबुझ गरी प्रतिवेदन पेस गरेपछि मतगणना गर्न आयोगले निर्देशन दिएको थियो ।

बुधबार नै आयोगले मतगणना गर्न निर्देशन दिए पनि दलहरू सहभागी नभएपछि मत गणना सुरु भएको थियो । बिहीबार भने दलहरुबीच सहमति भएपछि मतगणना सुरु गरिएको हो ।

 

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहिबार  ४ : ५९ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ